नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचन सर्न सक्ने तर्फ संकेत गरेका छन् । नेकपा एसको दोलखा–काठमाडौं सम्पर्क मञ्चको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यो चुनावले ५ वर्ष नपुगेका जनप्रतिनिधिहरूको भावनाको विपक्षमा निर्णय गरेको भन्ने कुरा उठिरहेको बताएका हुन् ।
‘असोजमा चुनाव भएकाहरूको ५ वर्ष पुगेको छैन, त्यसको जवाफ कसले दिने ?,’ उनले भने, ‘त्यसो हुनाले कानुनमा त्रुटि छ, संवैधानिक अधिकारको हनन भएको छ । यो चुनावले उनीहरूको भावनाको विपक्षमा निर्णय गरेको छ भन्ने कुरा उठिरहेको छ ।’
आगामी दिनमा जे भए पनि चुनावको तयारीमा जुट्न भने उनले कार्यकर्तालाई आग्रह गरे । ‘भोलि जे होला होला, हामी वैशाख ३० गतेकै चुनावमा केन्द्रित भएर तयारीमा जुटौं,’ उनले भने ।
















































