Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मधेस प्रदेशमा डीआइजीको असुली आतंक

Author Avatar साझा न्यूज 12th April 2022 , 9:08 AM
मधेस प्रदेशमा डीआइजीको असुली आतंक

डीआइजी उमेश रंजितकार र सई सागर राणा

वीरगञ्ज । नेपालसँग सीमा जोडिएका २१ वटा जिल्ला छन् । तीमध्ये पर्साबाट सबैभन्दा बढी सामान आयात हुने गर्छ । पर्सा र बाराको सीमा क्षेत्रमा नेपाल प्रहरी वा सशस्त्रका वर्षौवर्षसम्म काम गर्ने प्रहरीका जुनियर अधिकृत र तल्लो दर्जाका सादा पोशाकमा परिचालित (घुमुवा) प्रहरीले गर्दा भन्सार छली बढेको छ ।

यस्तै, पर्सा र बारामा वर्षौदेखि कार्यरत नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक(सई) हुन् सागर राणा । प्रहरीमा असईमा सेवा प्रवेश गरेदेखिकै ट्रयाक रेकर्ड हेर्ने हो भने राणा पर्सा र बारामै मात्र कार्यरत छन् । राणा तत्कालीन मध्यमाञ्चल, २ नम्बर प्रदेश हुँदै हाल मधेस प्रदेशका डीआइजीदेखि पर्सा र बाराका इन्चार्जलाई नै प्रभावमा राख्ने हैसियत राख्दै आएका छन् । अहिलेसम्मका जति पनि डीआइजी आए, उनीहरू सबैको प्रियपात्र हुने खुबी राणामा रहेको छ । भन्सार छली गर्नेहरूसँग कनेक्सन भएकाले उनी तस्करहरूबाट जति पनि रकम उठाउन सक्ने हैसियत राख्दछन् । डीआइजीसम्म पहुँच राख्न सक्ने भएकाले उनले लगातार आफूले भनेको र इच्छाएको नाका र घुमुवा इन्चार्जमा नै बस्दै आएका छ्न् । असईबाट नेपाल प्रहरीमा प्रवेश गरेका सागर राणा हालै वरिष्ठ सई भइसक्दा पनि बारा, पर्सा बाहेक अन्य जिल्लामा खटिएका छैनन् ।

प्रहरी संगठनका उच्च ओहदाका हाकिमकै आशीर्वाद उनीमाथि रहेको छ भन्ने कुरा राणाको बढुवा प्रहरी वरिष्ठ नायव निरीक्षमा हुनु र विगत पाँच वर्ष भन्दा बढी समयदेखि बाराको जितपुर इलाका इन्चार्ज, त्यसपछि अमलेखगञ्ज इलाका इन्चार्ज, फेरि जितपुर इलाका इन्चार्ज भएबाट पनि थाहा हुन्छ । त्यसपछि भारतबाट बढी तस्करी हुने बारा र पर्साको सीमा रहेको बाराको प्रहरी चौकी मुसहर्वा बलिरामपुर नाकामा बसेका राणाले २५ गतेको बढुवापछि बारामै दरबन्दी कायम गराई पदस्थापन गराउन सफल भएका छन् ।

प्रहरीमा जागिर खाएदेखि नै दरबन्दी जुनसुकै जिल्लामा भए पनि बारा–पर्साको घुमुवा र नाकामा नै बस्दै आएका राणा बाराको सिमरामै करोडौंं मूल्यको घर र जग्गा जोड्न सफल भएको उनलाई चिन्ने जुनियर प्रहरी अधिकृत बताउँछन् । सागर राणाले आफैं तस्कर र ब्यापारीसँग रकम असुल्दैनन् । उनले सहयोगीमार्फत् रकम उठाएर नेपाल प्रहरीका उच्च पदाधिकारीकहाँ पु¥याउने गरेका छन् ।

अहिले सागरले काठमाडौंमा दरबन्दी भएका प्रहरी हवल्दार राजु गुप्तालाई परिचालन गरेर बारा र पर्साबाट महिनाको करोडौं रकम असुली गराउँदै आएको आरोप छ । दसौँ वर्षदेखि बारा र पर्सामा मात्रै कार्यरत भएकाले तस्करी गर्ने समूहका बारेमा एक एक जानकारी भएका राणाले सबै सेटिङ मिलाउने र गुप्तामार्फत् लेनदेन गर्ने गरेको आरोप छ ।

त्यसैगरी अर्का भाग्यमानी रहेका छन्, सई राधा मोहन कुशवाहा । प्रहरी प्रधान कार्यालयले प्रहरी संगठनलाई नै बदनाम गराएको आरोपमा दुई वर्ष पहिला कुशवाहालाई खोटाङ सरुवा गरेको थियो । तत्कालीन आईजीपी ठाकुर ज्ञवालीसँग कुशवाहाको राम्रो सम्बन्ध रहेकोले खोटाङ जानै परेन । उनले कुशवाहालाई बारामै काज गरिदिए । त्यो बेलादेखि कुशवाहा अमलेखगञ्ज इलाकाको इन्चार्ज, प्रहरी चौकी पथलैयामा इन्चार्ज र जिल्ला प्रहरी कार्यालय बारा र खोटाङ हुँदै कुशवाहाले महोत्तरी सरुवा गराउन सफल भएका थिए । कुशवाहा तिनै हुन्, जसले आफ्नो जिल्लादेखि हेडक्वाटरसम्मको हाकिमलाई खुशी बनाई दोस्रो पटक पुनः पथलैयामै पाँच महिनादेखि इन्चार्ज बन्न सफल भएका छन् । यी दुई नेपाल प्रहरीका सईहरूलाई बारा र पर्सा बाहेक जो आईजीपी भए पनि पठाएको पाइँदैन । प्रहरी संगठनका वरिष्ठ अधिकृतहरूले नै भन्दै हिंडेका छ्न् कि राणा र कुशवाहाको जस्तो जागिर नेपाल प्रहरीमा कमैले खाएका छ्न् ।

मधेस प्रदेशका डीआइजी उमेश रंजितकारको असुलीले सीमा नाघेको छ । आइजीपी शैलेश थापा क्षेत्रीसँगै आगामी २०७९ बैशाख १९ गते अवकाश हुन लागेका डीआइजी रंजितकारले मधेस प्रदेशका ८ वटै जिल्लामा घुमुवा परिचालन गरी घुस असुली गरेको आरोप छ । डीआइजीको नाममा ८ वटै जिल्लामा घुमुवामार्फत् दररेट तय गरी मासिक घुस संकलन गर्ने गरेको आरोप छ । पर्साबाट ३५ लाख, धनुषा ३० लाख, बारा २५ लाख, महोत्तरी २५ लाख, रौतहट २५ लाख, सर्लाहीबाट २० लाख र सप्तरीबाट २० र सिरहाबाट १५ लाख दस्तुरी तोकिएको चर्चा प्रहरीमा छ । घरेलु मदिरा र जुवाको छुट्टै लिने गरिएको स्रोतको दाबी छ । मासिक रकम संकलनका लागि घुमुवाको टीम नै प्रदेश कार्यालयबाट परिचालन गरिएको छ ।

पर्सामा हवल्दार राजु गुप्ता, बारामा जवान संजय जैसवाल, रौतहटमा हवल्दार राजमंगल सिंह, सर्लाहीमा असई लालजी यादवलाई परिचालन गरिएको छ । यो टोलीलाई सहयोग गर्नका लागि हवल्दार विनोद राम र जवान मन्जित यादवलाई खटाइएको छ । यी घुमुवामध्ये गुप्ताको दरबन्दी काठमाडौं हो भने संजय जैसवालको महोत्तरीमा छ । राजंगल सिंह र लालजी यादवको रौतहटमा दरबन्दी छ ।

डीआइजी रंजितकारले मधेस प्रदेशमा गरेको असुली आतंकका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिनमा ३ वटासम्म उजुृरी पर्ने गरेका छन् । अख्तियारको हेटौंडा कार्यालयमा जति उजुरी पर्दा पनि सुनुवाइ नभएपछि केन्द्रीय कार्यालय टंगालमा समेत थुप्रै उजुरी परेका छन् । तर, उनीमाथि छानबिन हुन नसक्दा मधेस प्रदेशमा तस्करी चम्केको छ ।

साभार-दृष्टिन्यूजबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज