Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विश्व ध्वजासहितको ५५ हात लामो लिङ्गो अझै उठेन

Author Avatar साझा न्यूज 14th April 2022 , 10:12 AM
विश्व ध्वजासहितको ५५ हात लामो लिङ्गो अझै उठेन

काठमाडौं । प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो आज बिहानसम्म पनि उठेको छैन । चैत मसान्तका दिन नै उठाउनुपर्ने लिङ्गो उठाउन गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिङ्खेलमा पुर्‍याइएपछि स्थानीयले बुधबार साँझबाट नै उठाउने अथक प्रयास गरिए पनि लिङ्गो आज बिहानसम्म पनि उठ्न नसकिएको बाबुरत्न द्यौलाले जानकारी दिए ।

लिङ्गो तान्त्रिक विधिपूर्वक दश कर्म विधान गरी उठाउने मसान्तको दिन नै उठाउने प्रचलन छ । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुई ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ डोरीले वरिपरिबाट तानेर उक्त लिङ्गो उठाउने प्रचलन रहेको छ । त्यही आठ डोरीले आठ कुनामा बसेर लिङ्गो उठाउने गरिन्छ ।

यस वर्ष गुठी संस्थानले कमसल डोरी ल्याएपछि चार डोरी चुँडिएको र चार डोरीको भरमा लिङ्गो उठाउन खोज्दा नसकेपछि आज बिहानलाई छाडिएको जात्रा सञ्चालन गर्ने गुठीको गुनासो छ ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाशभैरवका ध्वजा समेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधान समेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ । आज बिहानैदेखि लिङ्गो उठाउने ठाउँमा पूजा तथा दर्शन गर्नेको भीड लागेको छ । दर्शन गर्नेको भीड नसकिएसम्म लिङ्गो उठाइँदैन । भीड कम भएपछि लिङ्गो उठाइने बताइएको छ ।

आज दिनभरि ल्यासिङ्खेलमा लिङ्गो जात्रा हेर्न आउनेको भीड लाग्ने गर्दछ । दिउँसो उपत्यकाका विभिन्न ठाउँबाट जात्रा हेर्न आउनेको भीड लाग्ने गर्दछ । आज बिहान हनुमानघाटस्थित चुपनघाटमा स्नान गर्नेको भीड लागेको छ । चुपिन घाटमा स्नान गर्ने, मुख धोएर ल्याङ्खिेलमा लिङ्गो उठाउने ठाउँमा गएर पूजा तथा दर्शन गरे पूण्य प्राप्त हुने मान्यताअनुसार दर्शन तथा पूजा गर्नेको भीड लागेको हो ।

बिस्केट जात्राका अवसरमा बुधबार बिहान भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले हात नभएको लिङ्गो उठाएका छन् । त्यस्तै मध्यपुरथिमिको महालक्ष्मी मन्दिर अगाडि पनि थिमिका बासिन्दाले बुधबार नै लिङ्गो उठाएका छन् । यहाँ लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिको व्रत सुरु हुने र वैशाख २ गते जिब्रो छेडेपछि मात्रै व्रत समाप्त हुने परम्परा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज