बुटवल । स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच तालमेल गर्ने सहमति भएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलका १९ वडामा ११ जना वडा सदस्यको उम्मेदवार पाउने गरी एमालेसँग तालमेलको सहमति गरेको हो । सहमति अनुसार जनमुक्तिका मतदाताले एमालेका मेयर, उपमेयर, वडाअध्यक्ष र वडा सदस्य गरी ८६ पदका उम्मेदवारलाई सहयोग गर्नेछ ।
एमाले नगर अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टीका बुटवल उपमहानगर अध्यक्ष भेकबहादुर सारु मगरले जारी गरेको संयुक्त विज्ञप्ति जारी गर्दै दुवै दलले चुनाव प्रचार प्रसार अभियान संयुक्त रुपमा सञ्चालन गर्ने भएको छ । पार्टीको नगर समितिले एमालेसँग गरेको सहमतिप्रति जनमुक्ति पार्टीको एक समूहले भने असन्तुष्टि जनाएको छ ।