मुगु । महासमिति सदस्य तिलकबहादुर मल्लमाथि अभद्र व्यवहार भएको नेपाली कांग्रेस मुगुले जनाएको छ ।
वैशाख ३० गतेको स्थानीय चुनावका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुमा पार्टीको काम विशेषले जाँदा सिटिजन्स बैंक लिमिटेड मुगुको कार्यालय अगाडि कांग्रेस मुगुका महासमिति सदस्य पदम रावलकी धर्मपत्नी तथा दर्जनभन्दा बढी महिलाले महासमिति सदस्य मल्ललाई गाली गलौजका साथ अभद्र व्यवहा गरेको कांग्रेस मुगुका प्रवक्ता प्रकाश शाहीले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।
महासमिति सदस्य मल्ल गरेको गाली गलौज र अभद्र व्यवहारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यस्तो अमानविय व्यवहारप्रति कांग्रेस मुगुले निन्दा एवम् घोर भत्र्सना गरेको विज्ञप्तिमा जनाइएको छ ।