Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दशै तिहारको रौनक भन्दा कम छैन यो चुनाबी माहोल

Author Avatar साझा न्यूज 12th May 2022 , 6:19 PM
दशै तिहारको रौनक भन्दा कम छैन यो चुनाबी माहोल

बसन्ता भुसाल कपिलवस्तु

सायद दशै तिहारको रौनक भन्दा कम छैन यो चुनाबी माहोल ! सबै नेताकार्यकर्ता आफ्नै जितको सुनिश्चितता गर्दै घरदैलोमा पुगेर भोट मागे अरु समयमा सर नमस्कार भन्दा पनि नसुने जस्तो गर्नेहरु पनि यो समयमा आफै नमस्कार गर्दै हसिलो अनुहारमा घरघर पुगेको देखियो ।

ती दिन पनि अझै जीवितै छन् । जुन दिन हामीले सानो रोजगारी पनि गुमाएका थियौं ! जुन बेला हाम्रा आफन्त कोरोना लागेर अस्पतालमा छट्पट्टी रहदा पनि हामी त्यो अस्पताल सम्म पुग्ने अवस्था थिएन ।

कतिपयले भोग्नु पनि भयो आफ्नो मान्छे कोरोना लागेर मृत्युको मुखमा पुग्दा सम्म भेट्न मुस्किल थियो । कतिका आँखा रसाएका थिए । कयौं मान्छेहरु पैतल यात्रा गर्न बाध्य थिए ! हामीले देखेको अनि सुनेको पनि !

कतिपय नगरपालिकाका जनप्रतिनिधिले त अलपत्र परेका व्यक्तिलाई उद्धार पनि गरे । तर कतिपयले भने आँशुका ढिका खसाल्दै भोक भोकै हिडेका समाचार अनि तस्बिरहरु देखे पनि नदेखे जस्तै गरे !

सम्झनु भएकै होला एक पोका नुन किन्न नसकेर कति दिन भोकै बसेको ! अनि अलि अलि गरि खाने पेशा पनि गुमेको,अस्पतालमा कयौं मानिसको रुवाबासी,अनि त्यो महङ्गी,अक्सिजन नपाएको समय,आफ्ना मान्छेको लास छुन नपाएको पल, सम्झदा मुटु नै झसङ्ग हुन्छ ।

हिजोका दिनमा एककल फोन गर्दा नचिन्नेहरु आज आफै घरघरमा पुगेको देख्दा अचम्म लाग्छ । किसानका समस्या उस्तै,गरिबका समस्या उस्तै,विदेशिने युवाका समस्या पनि उस्तै,चुनाबको बेला मात्रै घरदैलोमा पुगेर के गर्नु ?

जब खेती गरेर खान खोज्ने किसानहरुलाई समयमा मलको उपलब्धता छैन ! जसोतसो खेती गरे पनि छाडा पशु चौपायाले रातदिन सताउछन नोक्सान गर्दिन्छन । त्यसको कुनै प्रवाह सम्बन्धित निकायलाई छैन ।

गरिबहरु सधै आँशुमा डुब्नुपर्ने चुहिएको झुपडी अनि बिरामी पर्दा अस्पतालसम्म पुर्याउन नसक्ने अवस्था,पुर्याइहाले पनि बेड नपाउदाको पीडा !

न त विदेशीने युवाहरुको समस्या नै समाधान हुन सकेको छ , चाहाना नहुँदा नहुँदै पनि प्रदेश लाग्नु पर्ने बाध्यता,धेरै पढे पनि क्षमता अनुसारको रोजगारी नपाउदाको समस्या ।

आखिर के नै छ र हाम्रो देशमा देशको बिकास त भए होला नभएको भन्न मिल्दैन । तर पनि सबैलाई समान शिक्षा,स्वास्थ,रोजगारीको बिकास भने कमै देखिन्छ ।

त्यसैले तपाईं आफ्नो अमुल्य भोट कस्लाई दिनुहुन्छ अनि
आफ्नो समस्या कसरी समाधान गर्न चाहनुहुन्छ भन्ने कुरा तपाईंको हातमा छ ।

भोलि गएर पछुतो मान्ने दिन न आओस् अहिलेको आश्वासन र भ्रम भन्दा पनि अघिल्ला दिनहरुमा भएका बिकासका कुरालाई मुल्यांकन गरेर अभिभावक चुन्न जरुरी हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेनजेड आन्दोलनमा शाहदत प्राप्त गरेका भाई वैनीहरुको बलिदानी खेर नजाओस् चीफ साब

जेनजेड आन्दोलनमा शाहदत प्राप्त गरेका भाई वैनीहरुको बलिदानी खेर नजाओस् चीफ साब

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज