साझा न्यूज । तौलिहवा
कपिलबस्तुको सदरमुकाम तौलिहवाबाट विगत १२ बर्ष देखि निरन्तर रुपमा प्रकाशित साझा न्यूज पत्रिकाका कार्यकारी सम्पादक नारद कोहार विकास पत्रकारिता पुरस्कार २०७९बाट नगद सहित सम्मानित हुनु भएको छ ।
कोहार विगत ६ वर्ष देखि साझा न्यूज पत्रिकाको कार्यकारी सम्पादकको रुपमा कार्य गर्दे आउनु भएको छ । उहाँ यस पत्रिकाले सञ्चालनामा ल्याएको ईसाझा न्यूज डट कमका प्रबन्ध निर्देशक समेत रहनु भएको छ ।
कपिलबस्तु नगरपालिकाले नगरको समग्र विकासमा पत्रकारिताको माध्यमबाट अतुलनीय सहयोग पुर्याए वापत कोहारलाई सो सम्मानित गरिएको नगर प्रमुख सुदीप पौडेलले जानकारी दिनुभयो ।
कपिलबस्तु नगरपालिका हरेक वर्ष एक जना पत्रकारलाई नगरको विकासमा योगदान पुर्याए वापत सम्मानित गर्दै आइ रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । कोहार विगत १० वर्ष देखि सञ्चार क्षेत्रमा सक्रिय रहेका छन् ।
कोहार कपिलबस्तुबाट गोरखापत्र र एपि वन टेलिभिजन लगायतका विभिन्न सञ्चार माध्यमा अबद्ध रहेका छन् ।