Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

परीक्षा दिन आउने परीक्षार्थीलाई बस्ने समस्या

Author Avatar साझा न्यूज 13th August 2022 , 3:05 PM
परीक्षा दिन आउने परीक्षार्थीलाई बस्ने समस्या

तौलिहवा, साउन २८ गते । शिक्षकको अध्यापन अनुमतिपत्र (लाइसेन्स) का लागि परीक्षा दिन कपिलबस्तु आएका परीक्षार्थीलाई कपिलबस्तुमा बास बस्न समस्या भएको छ । विभिन्न जिल्लाबाट लाइसेन्स परीक्षा दिन आएका अधिकांश परीक्षार्थीले सो समस्या भोग्नुपरेको हो ।

शिक्षक सेवा आयोगको व्यवस्थापकीय लापरबाहीका कारण परीक्षार्थीलाई सास्ती भोग्नु परेको पीडितको गुनासो छ । आवेदन दिएको जिल्लामा परीक्षा केन्द्र तोकिएमा सहज हुने सन्धिखार्क नगरपालिका १ का कल्पना भुसालले बताउनुभयो । उहाँले भन्नुभयो “अर्घाखाँचीबाट आयों, होटल नपाएर महुरी होमको एउटा कोठामा ९ जना बस्नुप¥यो, राती पढ्न पनि समस्या भयो ।”

उहाँहरुजस्तै अन्य जिल्लाबाट आएकाहरुलाई पनि त्यस्तै सास्ती भएको पीडितको भनाइ छ । कपिलबस्तुमा करिब सात सय  होटल दर्ता रहे पनि बासका लागि करिब १ सय ५० वटा रहेको होटल व्यवसायी संघका अध्यक्ष गोपालबहादुर खत्रीले बताउनुभयो । होटलको क्षमता करिब ३ देखि ४ सय जनालाई राख्नसक्ने मात्र हो अध्यक्ष खत्रीले बताउनुभयो ।

अधिकारकर्मी रवि ठाकुरले आगामी बर्षदेखि सरकारले शिक्षक लाईसेन्सको परीक्षा आबेदन दिएको जिल्लामै सञ्चालन गर्दा उपयुक्त हुने सुझाव दिनुभयो । कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलका अनुसार लाइसेन्स परीक्षा दिन आएका परीक्षार्थी अलपत्र परेपछि कपिलबस्तु नगरपालिकाको तल्लो र माथिल्लो हलमा बस्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै बुद्धभुमि नगरपालिकाले सम्बन्धित केन्द्रसम्म परीक्षा दिन आएका परीक्षार्थीलाई बासको व्यवस्था गरेको नगर प्रमुख केशबकुमार श्रेष्ठले बताउनुभयो ।

निम्न माध्यमिक विद्यालयको लाईसेन्सका लागि कपिलबस्तु नगरपालिका, बाणगंगा नगरपालिका र बुद्धभुमी नगरपालिका गरी ४२ परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई कपिलबस्तुका प्रमुख थानेश्वार घिमिरेले बताउनुभयो ।

लुम्बिनी प्रदेशमा आवेदन दिएका परीक्षार्थीमध्ये १० हजार ७ सय १० जनाको केन्द्र कपिलबस्तुमा तोकिएको ईकाइ प्रमुख घिमिरेले बताउनुभयो । परीक्षा दिन लुम्बिनी प्रदेशका ८ भन्दा बढी जिल्लाका परीक्षार्थी एक दिनअघि यहाँ आइपुगेका हुन् । एउटा केन्द्रमा २ सय ५५ का दरले परीक्षार्थी सहभागी भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज