Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हराएर अमेरिका पुगेको टुँडाल र प्रस्तरको शिव मूर्ति नेपाल फिर्ता


हराएर अमेरिका पुगेको टुँडाल र प्रस्तरको शिव मूर्ति नेपाल फिर्ता

काठमाण्डाै – नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्त्विक महत्त्वको काठको कलात्मक सालभञ्जिका टुँडाल र प्रस्तरबाट निर्मित दुई साधुका बीचमा उभिएको शिवको मूर्ति फिर्ता भएको छ ।

पुरातात्त्विक महत्त्वको टुँडाल काठमाण्डाै महानगरपालिका २४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्त्व विभागले जनाएको छ । यो १३ औँ वा १४ औँ शताब्दीमा निर्माण भएको टुँडाल हो । शिवको मूर्ति भने महानगरपालिका १९ मा रहेकाे कङ्केश्वरी मन्दिरबाट सन् १९९५ मा हराएको थियो । यो मूर्ति १० औँ वा ११ औँ शताब्दीमा बनेको अनुमान गरिएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिनुभयो ।

दुवै मूर्ति अमेरिकाको न्युयोर्कमा रहेकाे मेट्रोपोलिटान म्युजियम अफ आर्टमा उपहारका रूपमा पुगेको खुल्न आएको छ । ती सामग्री नेपालको भएको विभागको अनुसन्धानबाट पुष्टि भएको प्रमाण पेस गरेपछि सम्बन्धित संस्थाले आफ्नै खर्चमा नेपाल फिर्ता गरेको हो । अमेरिका र बेलायतमा रहेका यस्तै अन्य मूर्ति पनि फिर्ताको प्रक्रियामा रहेको महानिर्देशक गौतमले जानकारी दिनुभयो ।

पुरातत्त्व विभागले आज आयोजना गरेको कार्यक्रममा ती मूर्ति सार्वजनिक गरिएको छ । सार्वजनिक भएपछि म्युजियमका वरिष्ठ कला विशेषज्ञ जोन गाईले विभागका महानिर्देशकलाई दुवै सामग्री हस्तान्तरण गर्नुभएको हो । यी सामग्री छाउनीमा रहेकाे राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको छ ।

यसअघि गएकाे असार १० गते प्रस्तरको तारा/पार्वतीको प्राचीन मूर्ति फिर्ता गरिएको थियो । फिर्ता भएको मूर्तिको तौल ८३ किलोग्राम छ । समभङ्ग मुद्रामा उभिएको कलाशैलीको हिसाबले आरम्भिक मध्यकालको, हातमा नालसहितको कमलको फूल लिएको स्वरूपमा नवौँ/दशौँ शताब्तीतिर बनेको मूर्ति फिर्ता भएको हो ।

यो मूर्ति भक्तपुर नगरपालिका ७ गोलमढी टोलमा रहेकाे वीरभद्रेश्वर मन्दिरमा स्थापित थियो । यो मूर्ति सन् १९७६ पछिका वर्षमा चोरी भइ विभिन्न माध्यम हुँदै एक दातामार्फत सन् २०१५ मा संंयुक्त राज्य अमेरिकाको कनेक्टिकटमा रहेकाे याले विश्वविद्यालयको आर्ट ग्यालरीले प्राप्त गरेको पत्ता लागेको विभागले जनाएको छ ।

मूर्तिको उत्पत्तिस्थल नेपाल भएको भनी विभागबाट गरिएको अनुसन्धानका आधारमा पुष्ट्याइँ दिएपछि विश्वविद्यालयको आर्ट ग्यालरी फिर्ता गर्न तयार भएको थियो । मूर्ति फिर्ता गर्ने सम्बन्धमा गएकाे वैशाख २३ गते न्युयोर्कमा रहेकाे नेपाली महावाणिज्यदूतावास र विश्वविद्यालयबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो । मूर्ति नेपाल ल्याउन बीमा र ढुवानीको खर्चसमेत विश्वविद्यालयले नै व्यवस्था गरेको हो । फिर्ता भएका सम्पदा सुरक्षा, संरक्षण, अनुसन्धानकर्तासम्मको पहुँचका लागि आजै राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको छ ।

अमेरिकाको सहयोगमा गएकाे जेठमा चतुर्मुखी शिवलिङ्ग, प्रस्तरको उमामहेश्वरको मूर्ति, प्रस्तरको नागराजको मूर्ति, पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरको शाक्यमुनिको मूर्ति पनि नेपाल फिर्ता भएको थियो ।

प्रस्तरको चतुर्मुखी शिवलिङ्ग विशेष प्रकारको छ । तीन तहको यो मूर्तिमा ब्रह्मभाग, विष्णुभाग र शङ्करभाग छ । खम्बामाथि बनेको यो मूर्ति सन् १९८० को आसपासमा पशुपति क्षेत्रबाट हराएको थियो ।

प्रस्तरको उमामहेश्वरको मूर्ति ललितपुर महानगरपालिका ११ गाः हिटी टोलमा रहेको थियो । यो मूर्ति सन् १९६० मा हराएको हो । यो मूर्ति १० औँ शताब्दीको हो । यो मूर्ति अमेरिकाको डेनभर आर्ट सङ्ग्रहालयको एसिया सङ्कलनमा भेटिएको थियो ।

प्रस्तरको नागराजको मूर्ति १२ औँ वा १३ औँ शताब्दीको हो । यो मूर्ति राजकीय स्वरूपको मानवाकार छ । यो मूर्ति सन् १९८२ मा नक्साल क्षेत्रबाट हराएको हो । पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति सन् १९५० तिर हराएको विभागले जनाएको छ । यो मूर्ति अमेरिकाको एक निजी कम्पनीको सङ्कलनमा रहेको थियो ।

प्रस्तरको शाक्यमुनिको मूर्ति पनि सन् १९५० कै दशकमा हराएको हो । यो मूर्ति पनि अमेरिकाको एक निजी कम्पनीको सङ्कलनमा रहेको थियो । युपिएस कार्गोले यी मूर्ति निःशुल्क फिर्ता गराउन सहयोग गरेको थियो । अमेरिकामा यी सामग्री सङ्ग्रह गरेका निकाय एवम् कम्पनीले पनि सहयोग गरेको विभागका महानिर्देशक गौतमले बताउनुभयो ।

मूर्ति साविककै स्थानमा स्थानान्तरणका लागि अनुरोध भइ आएमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा २० क को प्रावधानअनुसार गर्न सकिने विभागले जनाएको छ ।

नेपालमा रहेकाे अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन म्यानुअल पि मिकालरले नेपालबाट चोरी निकासी भइ अमेरिका पुगेका पुरातात्त्विक महत्त्वका सामग्री फिर्ता गर्दै जाने नीति रहेको सुनाउनुभयो । उहाँले नै मूर्ति विभागका महानिर्देशक गौतमलाई हस्तान्तरण गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

आयोगद्वारा राष्ट्रपतिको निर्वाचन मिति तय

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

आज शहीद दिवस, शहीदको सम्झना गरी मनाइँदै

आज शहीद दिवस, शहीदको सम्झना गरी मनाइँदै

भर्खरै प्रकाशित

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

आयोगद्वारा राष्ट्रपतिको निर्वाचन मिति तय

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि