कपिलवस्तु भदौ १ गते । आफ्ना सन्तानको दीर्घायुको कामना गर्दै कपिलवस्तुका हिन्दु मधेसी समुदायका महिलाहरुले बुधबार धुमधामका तीन छठ्ठी र्व मनाएका छन् । घर नजिकै कुश रहेको ठाउमा उहाँहरुले पुजापाठ गरी तीन छठ्ठी मनाएका हुन । पुजापाठका लागि उहाँहरु कपिलबस्तु नगरपालिका ६ स्थित निगालीकोटमा पुगेका थिए ।
पर्वका दिन बिहानै ब्रतालु महिलाले महुवाको दतिवनलेले दात माझ्ने चलन छ । सो पर्वका दिन मधेसी समुदायका महिलाले बिहानै स्नान गरी ब्रत, पुजापाठ र भजन किर्तन गरी तीन छठ्ठी पर्व मनाउने गर्दछन ।
छोरा हुने महिलाले सन्तानको सुख शान्ति र दिर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिउन भनि यो ब्रत राख्ने चलन रहेको कपिलवस्तु नगरपालिका– ६ थुम्हवाकी शंकलावती कोहारले बताईन । उहाँले भन्नुभयो “यस पर्वमा घासे कुश, महुवा र तिन्नी नाम गरेको चामल को पुजा पाठ गरी आफ्ना छोराहरु लाई टिका टालो गर्ने गरिन्छ ।” उहाँले तीन छठ्ठी माताको ब्रत बस्ने परिवार कै फलीफात हुने बिश्वास ब्यक्त गरिन ।
तीन छठ्ठी पर्व छोरा भएका महिलाहरुले मनाउने गरेको कपिलबस्तु नगरपालिका ६ की सोनमती बरईले बताइन् । छोरा जन्मेपछि यो पर्व मनाउने गरेको उहाँको भनाई छ ।
तिन छठ्ठी माईले जसको मनोकमना पुरा गर्नु हुन्छ त्यसले यो पर्व मनाउने गरेको कपिलबस्तु नगरपालिका ६ ब्रतालु नन्दनी यादवले बताईन् । आफ्नो मनोकमना पुरा भएपछि विभिन्न किसिमका नाचगान पनि गर्ने गरेको उहाँले बताईन् ।
उपवास सके पछि हलो नजोतिएको खेतको अन्न अर्थात (तिन्नीको भात) जंगली धानको चामलको भात र साग खाएर महिलाहरुले ब्रत गर्ने गर्दछन । ब्रतका बेला कुश सगै देवीहरुको मन्दिर पुजाआजा गर्ने प्रचलन छ । पुजाका लागी चिनी नहालेको दहि, हर्दी, चामल महुवा र चनाकालाई एकै ठाँउमा मुछेर प्रसाद बनाईन्छ ।
बैदिक कालमा एक जनप्रेमी राजाले अनिकाल परेको भन्दै पोखरी खनाएका थिए । तर पोखरीमा पानी नआए पछि उनले आफनो नातीको बली दिए पश्चात पोखरीमा पानी निस्किएको थियो । त्यस पछि राजाकी बुहारीले तीन छठ्ठी देवीको ब्रत राख्दा पुनः राजाको नाती जिबित भएको प्रसङ जोडी यो ब्रत गर्ने प्रचलन रही आएको छ ।