लागू औषध सहित दुई जना भारतीय नागरिकलाई बारा प्रहरीको टोलीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी जिल्ला महुअवा थाना ग्राम पंचायत कोरैया वडा नं.१ बस्ने वर्ष ३२ को चन्दन मिश्रा र सोही स्थान वडा नं.२ बस्ने वर्ष २५ को धर्मजित कुशवाहा रहेको वारा प्रहरी प्रमुख एवंम् प्रहरी उपरिक्षक होबिन्द्र वोगटीले जानकारी दिनुभयो ।
उनिहरुको साथबाट प्रहरीले विभिन्न प्रकारका दुई हजार एक सय वटा लागु औषध वरामद गरेको छ । बारा कलैया उपमहानगरपालिका वडा नं.२० स्थित गण्डक नहर चोकमा प्रहरी चौकी बसतपुर, बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत तर्फबाट आउदै गरेको वि.आर. ३० आर ९३९१ को मोटरसाइकलमा आएका भारतिय नागरिकलाई लागु औषध सहित पक्राउ गरेको थियो ।
















































