रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । २०७२ सालमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका चौधरीको उम्मेदवारी खारेज भएको हो ।
उनले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया- २ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका थिए । चौधरीको उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली- १ बाट निर्वाचित भएका थिए ।
जिल्ला र उच्च अदालतले दोषी ठहर गरेका चौधरीले डिल्लीबजार कारागारमा बसेर आफूमाथिको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् ।
यस्तै यसअघि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर -५ मा प्रतिनिधिसभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ ।
थारुको उम्मेदवारीविरुद्ध सोमबार उजुरी परेको थियो ।
















































