Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा बहालवाला मन्त्रीसहित ६ पूर्वमन्त्री चुनावी मैदानमा, बर्चस्व कायम राख्लान् ?

Author Avatar साझा न्यूज 3rd November 2022 , 8:32 PM
कपिलबस्तुमा बहालवाला मन्त्रीसहित ६ पूर्वमन्त्री चुनावी मैदानमा, बर्चस्व कायम राख्लान् ?

भुपाल थापा

कपिलबस्तु कार्तिक १७ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कपिलबस्तुका तीनवटै निर्वाचन क्षेत्रमा बिरासत जोगाउने कसरतमा उम्मेद्वार कस्सिएका छन् । यहाँ मुख्यतः बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार र नेकपा एमालेका उम्मेद्वारबीचमै प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि कपिलबस्तुमा मधेशवादी दलहरुको समेत राम्रो प्रभाव भने देखिन्छ ।

यहाँको रोचक के छ ? भने, आम निर्वाचन २०७९ मा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरि प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा एक जना बहालवाला मन्त्री सहित ६ जना पूर्वमन्त्री चुनावी मैदानमा छन् । कपिलवस्तुको क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका केन्द्रिय सचिव चक्रपाणी खनाल (बलदेव) र नेकपा एमालेका केन्द्रिय सदस्य एवं कपिलबस्तु इन्चार्ज बलराम अधिकारी चुनावी मैदानमा छन् ।

२०७० सालदेखिका सहयात्रीहरु हाल आएर आमने–सामने भएका हुन् । अधिकारी २०७० मा संविधानसभा सदस्य भएका थिए । खनालले २०७४ सालको निर्वाचनमा कांग्रेस नेता दीपकुमार उपाध्यायलाई पराजित गरेका थिए । अघिल्लो चुनावमा प्रतिस्पर्धी रहेका खनाल र उपाध्याय यो चुनावमा भने सहयोगी बनेर एमालेसँग लड्नुपर्ने अवस्थामा छन् ।

२०७४ असोज ३१ गते गठित केपी शर्मा ओली नेतृत्वमा बाम गठबन्धनको बहुमत सरकारको संघीय कृषि, भूमि ब्यबस्था तथा सहकारी मन्त्रीमा कपिलबस्तु–१ का उम्मेद्वार ‘बलदेव’ चयन भएका थिए । कृषिमन्त्रीत्व समयलाई जिल्लाको बिकासमा सक्रिय सहभागिता जनाएका उनै बलदेवले अहिले निर्वाचन सहजै जित्ने बिश्वास ब्यक्त गर्छन् ।

यस्तै कपिलबस्तु–१ (ख) का सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट सहसराम यादवको उम्मेद्वारी छ । प्रदेशसभा सदस्यका उम्मेद्वार यादव हाल बहालवाला भौतिक पूर्वाधार तथा सहकारी मन्त्री हुन् । लुम्बिनी प्रदेश सरकारको कुलप्रसाद केसी मुख्यमन्त्रीत्व कालमा यादव जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट मन्त्री बनेका थिए । आमनिर्वाचन २०७९ मा यादव जसपा परित्याग गर्दै सत्ता गठबन्धनमा प्रवेश गरी रुख चुनाव चिन्ह लिई चुनावी मैदानमा छन् ।

कपिलवस्तु–२ मा सत्ता गठबन्धनबाट कांग्रेसका सुरेन्द्रराज आचार्य र नेकपा एमालेबाट बृजेशकुमार गुप्ता प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा पराजय भोगेका आचार्य यसपटक सत्ता गठबन्धनको सहयोगका कारण बलिया उम्मेदवार मानिन्छन् । यहाँ मुलतः तीनजना पूर्वमन्त्रीहरु आचार्य, गुप्तासंगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अकवल अहमद शाह पनि उम्मेदवार छन् । आचार्य पूर्वसिचाइँ राज्यमन्त्री, गुप्ता पूर्वकानुन तथा न्यायमन्त्री र शाह पूर्व कृषि तथा सहकारी मन्त्री हुन् ।

०७० सालको निर्वाचनमा संबिधान सभा सदस्यमा निर्वाचित आचार्य सिँचाइ राज्यमन्त्री भएका थिए । ०७३ श्रावण २० मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को मन्त्रीमण्डलमा आचार्य सिंचाई राज्यमन्त्री भएका थिए ।

०७४ सालमा स्वतन्त्र भन्दै सूर्य चिह्नबाट लडेका वृजेश गुप्ता अहिले एमालेबाट उम्मेदवार बनेका छन् । २०५६ सालमा राप्रपाबाट राजनीति शुरु गरेका गुप्ता चारपटक सांसद निर्वाचित भइसकेका छन् । २०६४ र २०७० का दुई संविधानसभा निर्वाचन गुप्ताले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट जिते । एमालेका साथमा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट २०७४ सालमा पनि गुप्ता निर्वाचित भएका थिए । हरेक पटकको निर्वाचनमा पार्टी फेर्दै चुनाव लड्दै आएका पूर्वमन्त्री गुप्ता योपटक एमालेबाट यही क्षेत्रमा उम्मेदवार छन् ।

यस्तै पुराना कम्युनिस्ट नेताको रूपमा परिचय बनाएका अकवल अहमद शाह लोकतान्त्रिक समाजवादी पार्टीबाट कपिलबस्तु–२ प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । शाह कृषि तथा सहकारीमन्त्री समेत भइसकेका व्यक्ति हुन् । नेपाल कम्युनिष्ट पार्टी (मानन्धर समुह) हुँदै, एमाले, राप्रपा, तमलोपा हुँदै हाल लोसपाबाट उम्मेदवार बनेका शाह पनि कडा प्रतिस्पर्धामा रहेका छन् ।

डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा कृषि तथा सहकारीमन्त्री बनेर छोटो कार्यकाल (२५ दिन) पुरा गरेका शाह गत निर्वाचनमा समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए ।

यस्तै, कपिलबस्तु–२ (ख) मा प्रदेशसभा सदस्यमा एमालेका धर्मबहादुर लाल श्रीवास्तवको उम्मेद्वारी छ । उनी लुम्बिनी प्रदेशमा शंकर पोख्रेलको सरकारमा तेस्रो मन्त्रिपरिषद् बिस्तारमा श्रीवास्तव मन्त्री बनेका थिए । नेकपा बिभाजनपछि माओवादीले समर्थन फिर्ता लिएपछि पुर्नगठित मन्त्रीमण्डलमा उनी शिक्षा तथा सामाजिक बिकास मन्त्री भएका थिए । मधेसवादी दलमा आवद्ध रहेर राजनीति सुरु गरेका श्रीवास्तव ०७४ सालमा बृजेश गुप्तासँगै सुर्य चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए ।

कपिलबस्तु–३ मा ईश्वर दयाल मिश्र पनि प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बनेका छन् । तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन्त्रीमण्डलमा भौतिक योजना तथा निर्माण राज्यमन्त्री बनेका मिश्रले आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो जीत निश्चित भएको दाबी गर्दछन् । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालका महासचिव समेत रहेका मिश्रले आफु राज्यमन्त्री हुँदा जिल्लाको बिकासमा राम्रो काम गरेको दाबी सहित निर्वाचनमा होमिएका छन् ।

दल अदलबदल गर्दै राजनीतिमा टिकेका कपिलबस्तुका आंशिक उम्मेद्वारले आफ्नो साख जोगाउन सक्लान् ? नसक्लान् त्यस्को लागी ४ मंसिर कुर्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज