राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सवार सवारी दुर्घटनामा परेको छ। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–१ गैलुमा भनसरा चुनावी प्रचारमा जाँदै गरेको डब्बल क्यापको भे १ च २८०५ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो।
सोमबार बिहान उकालो सडक भएका कारण गाडी अगाडी बढ्न नसकेर दुर्घटनामा परेको त्यहाँका स्थानीयले जानकारी दिए।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि राप्रपाबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा उम्मेदवार भिमबहादुर शाही, प्रदेश सभा (१) का उम्मेदवार सुर्यबहादुर खत्री र प्रदेश सभा (२)का उम्मेदवार कर्णबहादुर रेगामी मगरको चुनावी प्रचार–प्रसारमा गाडी गएको थियो। उक्त गाडीमा सवार सामान्य घाइते भएका छन्।
















































