नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा मतान्तर फराकिलो बनाउँदै लगेका छन्।
देउवाले प्रतिस्पर्धीसँग ६ हजार १२४ मतको अन्तर बनाएका छन्।
२६ हजार ६१८ मत गणना हुँदा देउवाले करिब आधा १३ हजार १२६ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले ७ हजार २ मत ल्याएका छन्।
नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले ३ हजार ८४१ मत हासिल गरेका छन्।
यस्तै, राप्रपाका गोविन्द खडायतले ४३३, स्वतन्त्र उम्मेदवार कर्णसिंह रावलले २२५, विक्रम बहादुर शाही १८८, श्याम सिनाल ८६ र लालबहादुर कठायतले ४५ मत प्राप्त गरेका छन्।