काठमाडौँ– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनसहित एक चिनिया नागरिक पक्राउ परेका छन्।
आइतबार बिहान १०:३० बजे हङकङबाट आएका चिनको ग्वाङ्डोङ प्रदेशका ४२ वर्षीय झाङ गुओकिङ पक्राउ परेका हुन्। उनले सुन भित्रि बस्त्रभित्र लुकाएर लिएका थिए।
हाल उनीमाथि अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी ढुण्डीराज नेउपानेले जानकारी दिए।
















































