Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एक सय ४७ स्थानमा मतगणना जारी, कांग्रेस ४८, एमाले ३४ र माओवादी १८ स्थानमा अगाडि


एक सय ४७ स्थानमा मतगणना जारी, कांग्रेस ४८, एमाले ३४ र माओवादी १८ स्थानमा अगाडि

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार हालसम्म तीन निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

आयोगका अनुसार हालसम्म काठमाडौँ क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ क्षेत्र नं १ मा योगेश गौचन थकाली निर्वाचित भइसकेका छन् । जारी मतगणनामा कांग्रेसका उम्मेदवार ४८ स्थानमा अगाडि छन् । नेकपा (एमाले) ३४, नेकपा (माओवादी केन्द्र) १८, राष्ट्रिय स्वतन्त्र पार्टी १३, नेकपा (एकीकृत समाजवादी) सात र अन्य उम्मेदवार २४ स्थानमा अगाडि छन् ।

प्रदेशसभाको प्रत्यक्षतर्फ प्रदेश नं १ मा एमाले १५, कांग्रेस ११, माओवादी पाँच, एकीकृत समाजवादी चार र राष्ट्रिय प्रजातन्त्र पार्टी दुई स्थानमा अगाडि छन् । मधेस प्रदेशमा जनमत पार्टी दुई, कांग्रेस आठ, एमाले १२, जनता समाजवादी पार्टी पाँच र अन्य उम्मेदवार १४ स्थानमा अगाडि छन् । मधेस प्रदेशमा जनमत पार्टीका दुई उम्मेदवार विजयी भएका छन् । सप्तरी निर्वाचन क्षेत्र नं १ मा सतिशकुमार सिंह र क्षेत्र नं २ मा महेशप्रसाद यादव विजयी भएका छन् ।

बागमती प्रदेशमा कांग्रेस १६, एमाले १४, माओवादी केन्द्र पाँच, एकीकृत समाजवादी र राप्रपा चाररचार तथा अन्य दुई स्थानमा अगाडि छन् । बागमती प्रदेशभाको प्रत्यक्षतर्फ काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा कांग्रेसका छिरिङ दोर्जे लामा र ललितपुर निर्वाचन क्षेत्र नं २ मा रामकृष्ण चित्रकार तथा ललितपुर निर्वाचन क्षेत्र नं १ मा एमालेका रामेश्वर श्रेष्ठ विजयी बनेका छन् ।

गण्डकी प्रदेशमा कांग्रेस आठ, एमाले ११, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी एक स्थानमा अगाडि छन् । गण्डकीमा मनाङ क्षेत्र नं १ बाट कांग्रेसका मुनिन्द्रजङ्ग गुरुङ, मुस्ताङ क्षेत्र नं १ बाट नम्डु गुरुङ, क्षेत्र नं २ बाट विकल शेरचन विजयी भएका छन् । मनाङ क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ विजयी भएका छन् ।

लुम्बिनी प्रदेशमा एमाले ११, कांग्रेस नौ, माओवादी केन्द्र चार, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन, जनता समाजवादी पार्टी दुई र अन्य उम्मेदवार छ स्थानमा अगाडि छन् । कर्णाली प्रदेशमा कांग्रेस र माओवादी केन्द्र चाररचार तथा सुदूरपश्चिम प्रदेशमा कांग्रेस पाँच, एमाले चार, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार एकरएक स्थानमा अगाडि छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मृत्युपश्चात शरीरका सबै अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई

भर्खरै प्रकाशित

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि