निकै चासोमा रहेको ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी भएकी छन् । ३१ हजार १ सय ३६ मत हासिल गर्दै तोसिमा विजयी बनेकी हुन् ।
आफ्ना निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार अमृत खड्कालाई तोसिमाले १८ हजारभन्दा बढी मतले पराजित गरेकी छन् । खड्काले १२ हजार ९ सय ६३ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसाललाई ८ हजार ७ सय ६९ मत हासिल भएको छ ।
तोसिमाको जितसँगै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अहिलेसम्म पाँच जनाले प्रतिनिधिसभा सदस्यको रुपमा विजय हासिल गरेका छन् । काठमाडौं २ मा सोविता गौतम, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ यसअघि नै विजयी घोषित भएका छन् ।