तनहुँ-१बाट नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।
पौडेले २५ हजार ३१३ मत ल्याएर तनहुँ-१बाट निर्वाचित भएका हुन् । नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् ।
पौडेलले २५ हजार ३१३ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९२५ मत ल्याए ।
स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७७, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३० र राप्रपाका विनोद घर्टीले दुई हजार ४८७ मत ल्याएका छन् ।