नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ मा पराजित भएका छन्।
त्यहाँ उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा १९२ मतले पराजित गरेकी हुन्।
तर निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न बाँकी छ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेल मतगणनाको सुरुदेखि नै पछि परेका थिए।
तर अन्तिममा मतान्तर घटाउँदै लगेका थिए। मतान्तर घटाए पनि उनले नतिजा आफ्नो पक्षमा पारेका थिएनन्।
लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङको देउखुरी लैजान सफल उनी त्यही एजेन्डालाई समेत चुनावी परिणाम आफ्नो पक्षमा पार्ने कोसिसमा थिए।
तर माओवादी नेतृ शर्माले उनलाई पराजित गरिन्। यससँगै दुई कम्युनिष्टका महासचिव पराजित भएका छन्।
यसअघि लमजुङमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि पराजित भइसकेका छन्।