मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस पहिलो स्थानमा छ । दोस्रो स्थानमा नेकपा एमाले र तेस्रोमा माओवादी केन्द्रले लिड गरिरहेको छ ।
७३ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म २८ स्थानमा कांग्रेसले विजयी हासिल गरेको छ । यस्तै एमालेले १६ स्थानमा जितिसकेको छ ।
माओवादी केन्द्रले ८ र समाजवादीले ७ स्थानमा विजय हासिल गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ६ स्थानमा निर्वाचित भएको छ। राप्रपाले २, जसपाले १ स्थानमा जितेको छ भने नागरिक उन्मुक्ति पार्टीले २ स्थान जितेको छ । राष्ट्रिय जनमोर्चा, लोकातान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले १–१ स्थान जितेको छ ।