नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् ।
उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरेका हुन् । पौडेलले २५ हजार ४७ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन् ।