कपिलबस्तु २(१) प्रदेशका लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार बिक्रम सिंह थापाले झिनो मतान्तरले चुनाव हारेपनि छोटो समयमा कपिलबस्तुवासीको मन जित्न भने सफल भएको बताएका छन् ।
सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आगामी दिनमा पनि रणनीतिका साथ अघि बढ्ने र कपिलबस्तुवासीको यस्तै माया,प्रेम,सद्भाव र स्नेह प्राप्त भैरहने अपेक्षा राखेको समेत बताए ।
“ प्राबिधिक रुपमा झिनो मतले चुनावमा पराजित भएपनि छोटो समयमा म तपाईहरुको मनमा बस्न सफल भएको छु” सामाजीक सञ्जालमा लामो लेख प्रकाशित गर्दै थापाले भनेका छन् ।
आफनो निर्वाचन क्षेत्रमा बुथगत वा वडागत वाकसबाट मत गणनाको नयाँ परिपाटी बसालेर यस क्षेत्रमा पहिले देखी चल्दै आएको मतदातालाई प्रलोभनमा पार्ने ठेकेदारी प्रथालाई उजागर गरिदिएको उनको भनाई छ। “ यसवाट पार्टी भित्रका छद्मभेषी ठेकेदारहरुको मुखडा उजागर भएको छ ” उनले थप अगाडी भनेका छन– “ काग्रेसप्रति गरेको गद्धारी ,घिनलाग्दो खेल र द्वैध चरित्र उदाङ्गो भएको छ”।
काग्रेसका कर्मशील कार्यकर्ताहरुले गद्धारहरुलाई पहिचान गर्ने मौका पाएको उनको भनाई छ । मत गणनाको यो विधिले आगामी दिनमा सकारत्मक नतिजा दिने उनले बताए ।
उक्त प्रदेश क्षेत्रमा नेपाली काँग्रेसको लुम्विनी प्रदेश कार्यसमिति सदस्यका रुपमा पार्टीको नीति निर्देशन वमोजीम अघि बढ्ने बताउँदै थापाले कपिलवस्तुको बुद्धभूमी र महाराजगञ्ज क्षेत्रको विकासका लागी क्रियाशील रहने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
प्रहरी सेवामा रहँदा अव्वल अधिकृतका रुपमा कहलीएका थापा प्रहरीको सर्वोत्कृष्ट सम्मान पूर्ण शान्ति पुरस्कारबाट पुरस्कृत व्यक्तीत्व हुन्। प्रहरी सेवामा रहँदा पनि कपिलबस्तुवासी सोझा,सिधा,दुःखीजनको सेवामा समर्पित रहेको उनको भनाई छ ।
काँग्रेसजस्तो गौरवशाली ईतिहास बोेकेको पार्टीको तर्फबाट उम्मेदवार बन्न पाएकोमा गौरव गर्दै थापाले पार्टी प्रति कृतज्ञता व्यक्त गरेका छन् साथै चुनाबमा अहोरात्र खट्ने गठबन्धन दलका कार्यकर्ता,मतदाता,सुरक्षाकर्मी सबैप्रंति थापाले आभार प्रकट गरे
















































