कपिलवस्तु । कपिलवस्तु नगरपालिकाको मेयर पदमा डा. राम नरेश महराले उम्मेदवारी घोषणा गरेका छन्। उनले ‘समृद्ध कपिलवस्तु, सुशासन र विकासको नयाँ संकल्प’ सहित आगामी स्थानीय तहको निर्वाचनमा मेयर पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।
महराले कपिलवस्तु नगरपालिकालाई सुरक्षित, आधुनिक र समृद्ध बनाउने लक्ष्यसहित आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्।
उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई राख्दै नगरपालिकाको समग्र विकास गर्ने योजना अघि सारेका छन्। त्यसैगरी स्वच्छ, हरित र सुन्दर कपिलवस्तु निर्माण, कृषि तथा पर्यटन प्रवर्द्धन र स्थानीय व्यवसायको विकासलाई पनि आफ्नो प्राथमिकतामा राखेका छन्।
सर्वसाधारणको सेवामा सदैव समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै महराले कपिलवस्तुको सर्वाङ्गीण विकासका लागि सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
‘आउनुस्, परिवर्तनका लागि एकसाथ अघि बढौँ’ भन्ने नारासहित उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
















































