Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

घाँटी रेटेर हत्या गरिएकी माया म्यादी प्रहरी, हत्यामा संलग्न प्रहरी जवानको पहिचान


घाँटी रेटेर हत्या गरिएकी माया म्यादी प्रहरी, हत्यामा संलग्न प्रहरी जवानको पहिचान

बैतडीको पञ्चेश्वर गाउँपालिका-४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्नको पहिचान भएको प्रहरीले जनाएको छ ।

बुधबार घाँटी रेटेर हत्या गरेको अवस्थामा माया मृत फेला परेकी थिइन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआइजी मोहनराज आचार्यका अनुसार हत्यामा संलग्नको पहिचान भइसकेको छ । अहिले उनी फरार छन् । छिट्टै प्रहरीको नियन्त्रणमा ल्याउने प्रयास भईरहको छ ।

डिआइजी आचार्यका अनुसार हत्या आरोपित सशस्त्र प्रहरीका जवान हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा सशस्त्र प्रहरीका जवान हत्यामा संलग्न रहेको तथ्य खुलेको हो । उनलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी खटाइएको छ । भारत भाग्न सक्ने आशङ्कामा महाकाली नदीको तटीय क्षेत्रमा पनि सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।

प्रहरीका अनुसार मायाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको थियो । उनीसँगै रहेकी १५ वर्षीया बालिका नेहा लुहार घाइते छिन् । उनको अहिले डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा घाइते नेहाको बयान लिएको थियो । उनकै बयानका आधारमा सशस्त्र प्रहरी जवानमाथि आशङ्का बढेको हो ।

माया र नेहा गएको मङ्गलवार बिहान करिब १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका-३, कुलाउमा लुगा सिलाउन भनी गएका थिए । तर, सशस्त्र प्रहरी जवानसँग भेटघाट गर्न उनीहरू शिवनाथ पुगेको खुल्न आएको प्रहरी अधिकारी बताउँछन् ।

लुगा सिलाउन भनेर हिँडेकी उनी घर नफर्किएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए । खोजी गर्दै जाँदा बुधबार बेलुका माया मृत अवस्थामा फेला परेकी थिइन् । नेहा घाइते अवस्थामा भेटिएकी थिइन् ।

माया यही मंसिर ४ गते भएको निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । माया र आरोपित सशस्त्र जवानबीच प्रेम सम्बन्ध रहेको हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको आशङ्का छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सांसद बन्न प्रहरी रिपोर्ट अनिवार्य बनाउँदै निर्वाचन आयोग

सांसद बन्न प्रहरी रिपोर्ट अनिवार्य बनाउँदै निर्वाचन आयोग

विश्व क्यान्सर दिवस : स्वदेशमै उपचार सहज

विश्व क्यान्सर दिवस : स्वदेशमै उपचार सहज

कैलालीमा आजबाट उल्लु महोत्सव सुरु

कैलालीमा आजबाट उल्लु महोत्सव सुरु

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

सहकारीका बचतकर्ताको रकम जोखिममा

सहकारीका बचतकर्ताको रकम जोखिममा

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

भर्खरै प्रकाशित

सांसद बन्न प्रहरी रिपोर्ट अनिवार्य बनाउँदै निर्वाचन आयोग

सांसद बन्न प्रहरी रिपोर्ट अनिवार्य बनाउँदै निर्वाचन आयोग

विश्व क्यान्सर दिवस : स्वदेशमै उपचार सहज

विश्व क्यान्सर दिवस : स्वदेशमै उपचार सहज

कैलालीमा आजबाट उल्लु महोत्सव सुरु

कैलालीमा आजबाट उल्लु महोत्सव सुरु

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

सहकारीका बचतकर्ताको रकम जोखिममा

सहकारीका बचतकर्ताको रकम जोखिममा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि