Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हराउँदै गयो हातले गाँसेका दुनाटपरी

Author Avatar साझा न्यूज 5th December 2022 , 11:05 AM
हराउँदै गयो हातले गाँसेका दुनाटपरी

प्रविधिको विकास र आधुनिक जीवनशैलीका कारण पछिल्लो समय हातले गाँस्ने दुनाटपरी हराउँदै जान लागेका छन् । मेसिनबाट बनेका दुनाटपरीको प्रयोग तथा प्लास्टिकका थाल र सामग्री प्रयोग गर्न सजिलो हुन थालेपछि हाते दुनाटपरी लोेपोन्मुख अवस्थामा पुगेको हो ।  साथै नयाँ पुस्तामा दुनाटपरी लगाउने सीपको कमीका कारणले यसको प्रयोग हराउँदै गएको हो ।

धार्मिक विश्वाससँग जोडिएको परम्परागत दुनाटपरीभन्दा प्लास्टिकका भाँडाको प्रयोग बढ्न थालेपछि पाका पुस्ता चिन्तित हुन थालेका छन् ।पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायत कार्यमा सालको पातको दुनाटपरीको प्रयोग गर्ने प्रचलन रही आएको छ । पछिल्लो समयमा प्लास्टिकका भाँडाको प्रयोग बढेसँगै जिल्ला सहर, बजारमा मात्र नभई गाउँ घरबाटै हराउँदै जाँदा चिन्ता लागेको कावासोती–११ का ७५ वर्षीय फेमनारायण पौडेल बताउछन् ।

उजले भने, “गाउँघरमा केही सानो पूजा हुँदासमेत सालको पात चोखो हुन्छ भन्दै दुनाटपरी बनाएर प्रयोग हुन्थ्यो । आफ्नै घरपरिवार तथा समाजले दुनाटपरी गासिन्थ्यो । अहिले प्लास्टिकको भाँडाले गाउँघर ओगट्दा परम्परागत दुनाटपरी हराउने अवस्थामा पुगेको छ ।”

उमेरले ८२ वर्ष पुग्नुुभएकी देवचुली–१५ की हरिमायाँ भट्टराई विवाह, पूजाआजामा समेत गाउँलेले वनमा गएर सालको पात टिपेर ल्याएर दुनाटपरी गासेर प्रयोग हुने गरे पनि अहिले युवापुस्ताले चासो नदिँदा विस्तारै दुनाटपरी हराउँदै गएको बताउछन् । चाडपर्वमा घरमा आउने  पाहुना तथा आफन्तजनलाई सालको पातको दुनाटपरीमा खानाका परिकार राखेर दिने गरे पनि अहिले आफ्नो पुस्ताले नसक्ने र युवापुस्ताले बेवास्ता गर्दा यस्ता सामग्री हराउन थालेको उनको गुनासो छ ।

कावासोती–१२ की ९२ वर्षीया मनरुपा चापागाईलाई पनि दुनाटपरी हराउँदै जान लागेपछि चिन्ता लागेको छ । “पहिला पहिला सालको पात टिपेर ल्याई बाँसको सिन्काले सालको पातको दुनाटपरी गाँसिन्थ्यो, त्यतिबेला अहिलेको जसरी प्लास्टिकका भाँडा पनि हुँदैन थियो, पूजाआजामा प्रसाद यसैमा राखी खाइन्थ्यो, बाँडिन्थ्यो, आजकल मेसिनबाट बनेका दुनाटपरी र प्लास्टिकका भाँडाको प्रयोग बढ्न लाग्यो हामी पछिकाले त दुनाटपरीनै नदेख्ने हुन की भन्ने पिर लाग्छ”, उनले भने ।

केही समय पहिले सहर बजारमा समेत दुनाटपरीको प्रयोग बढ्दो थियो । विगतमा दुनाटपरी बनाएर पु¥याउने गरिएको भए पनि आजकल गाउँघरमा समेत हातले बुनेका दुनाटपरी हराउँदै गएको विगत १२ वर्षदेखि कर्मकाण्ड गराउदै आएका पण्डित रिमप्रसाद आर्चाय बताउछन् । दसैँ, तिहारलगायतका चाडपर्व, विवाहा व्रतबन्ध विभिन्न पूजामा समेत मेसिनले बुनेका दुनाटपरी  र प्लास्टिकका भाडाको प्रयोग बढेको पण्डित आर्चाय बताउछन् । उनले भने , “ नयाँ पुस्तालाई पात गाँस्न सिकाउनुपर्छ । ”

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु नगरपालिकाको मेयरमा डा. राम नरेशको उम्मेदवारी घोषणा

कपिलवस्तु नगरपालिकाको मेयरमा डा. राम नरेशको उम्मेदवारी घोषणा

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

नवौँ मेयर कप क्रिकेटको उपाधि वडा नं. २ लाई

नवौँ मेयर कप क्रिकेटको उपाधि वडा नं. २ लाई

रउफ अहमद खाँद्वारा कपिलवस्तु नगर प्रमुखमा उम्मेदवारी घोषणा, समतामूलक र समृद्ध नगर बनाउने प्रतिबद्धता

रउफ अहमद खाँद्वारा कपिलवस्तु नगर प्रमुखमा उम्मेदवारी घोषणा, समतामूलक र समृद्ध नगर बनाउने प्रतिबद्धता

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

भर्खरै प्रकाशित

कपिलवस्तु नगरपालिकाको मेयरमा डा. राम नरेशको उम्मेदवारी घोषणा

कपिलवस्तु नगरपालिकाको मेयरमा डा. राम नरेशको उम्मेदवारी घोषणा

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

नवौँ मेयर कप क्रिकेटको उपाधि वडा नं. २ लाई

नवौँ मेयर कप क्रिकेटको उपाधि वडा नं. २ लाई

रउफ अहमद खाँद्वारा कपिलवस्तु नगर प्रमुखमा उम्मेदवारी घोषणा, समतामूलक र समृद्ध नगर बनाउने प्रतिबद्धता

रउफ अहमद खाँद्वारा कपिलवस्तु नगर प्रमुखमा उम्मेदवारी घोषणा, समतामूलक र समृद्ध नगर बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज