Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

न्यायाधीश गिरीकी कान्छी पत्नीले दिईन् उनी विरुद्ध यौन शोषणको मुद्धा


न्यायाधीश गिरीकी कान्छी पत्नीले दिईन् उनी विरुद्ध यौन शोषणको मुद्धा

साझा न्यूज । कपिलवस्तु
जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरी उपर उनकै पत्नीले यौन शोषणको उजुरी दिएकी छिन् । न्यायाधीश गिरीकी दोस्रो पत्नीले आफु यौन शोषणमा परेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।

दोस्रो पत्नीका रुपमा २०७५ सालमा आरती रावलले न्यायाधीश गिरीसंग दोस्रो विवहा गरेकी थिईन् । न्यायाधीश पत्नी रावलले दिएको उजुरी पारिवारिक भएका कारण प्रारम्भिक छानविन प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

न्यायाधीश पत्नी रावलले आफ्नो भु्रण हत्या गरिएको, पटक पटक वन्धक बनाएर आफु उपर यौन हिंसा गरिएको, आफुलाई आमा बन्ने अधिकारबाट वन्चित गरिएको जस्ता आरोप लगाएकी छिन् । आफु अन्यायमा परे पनि आफ्नो पक्षमा प्रहरी, प्रशासनले सहयोग नगरेको उनको गुनासो छ ।

प्रहरीले मुद्धा दर्ता नगरे पछि कान्छी पत्नी रावलले राष्ट्यि मानव अधिकार आयोग, महिला आयोग लगायतका निकायमा मुद्धा दर्ता गराई पाउनका लागि उजुरी दिएकी थिईन् । सोही उजुरीका आधारमा राष्ट्यि मानवअधिकार आयोगले समेत यो विषयमा विशेष चासो दिएको छ । आयोगबाट कपिलवस्तु प्रहरीलाई सोधपुछ गरेको र सोको जवाफ आफुहरुले आयोगलाई पठाई सकेको प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले बताए ।

न्यायाधीश गिरीले भने आफु माथि कान्छी पत्नी रावलले नेपालगंजमा ३ तल्ले नयां घर निर्माण गरिदिनु पर्ने, आफुलाई सन्तान चाहिने, अदालतबाट प्रक्रिया मिलाएर भान्छेको तलबको रुपमा मासिक २५ हजार रुपैया उपलब्ध गराईदिनु पर्ने र जेठी पत्नीको घरमा पनि आफु नियमित रुपमा आउजाउ गर्न पाउनु पर्ने माग अघि सारे पछि सो सवै माग मैले पुरा गर्न नसक्ने भए पछि उनी म विरुद्धको उजुरी लिएर प्रहरीमा गएकी बताए ।

अन्य मागको व्यवस्थापन गर्न सके पनि मेरो तर्फबाट उनलाई सन्तान दिन मैले सक्दिन, न्यायाधीश गिरीले भने, यस अघि २०७६ मंसीर ४ गते कैलाली प्रहरीमा उनले म विरुद्ध बलात्कार तथा भ्रुण हत्याको मुद्धा दर्ता गराएकी थिईन् । केही आफ्ना मागहरुलाई पुरा गराउन उनले म विरुद्ध मुद्धा दर्ता गराईन् । आपसी छलफल पछि सो मुद्धा फिर्ता लिई तामेलीमै राखिएको छ ।” म माथि यति ठुलो गम्भीर आरोप लगाए पछि भोलिका दिनमा फेरी अरुको भु्रण लिएर तेरो सन्तान हो भन्दै आउन सक्ने डरले मैले २०७६ चैत्र महिनामा परिवार नियोजन गराए, न्यायाधीश गरिले भने । आफ्नो पद र मर्यादाका कारण आज सम्म उनले जे जे भन्दै गईन् पुरा गर्दै गए, तर अहिले आएर हुदै नभएको जघन्य आरोप लगाएका कारण अब म उनको आरोप विरुद्ध प्रतिवाद गर्न उभिएको छु, न्यायाधीश गिरीले भने ।

शारिरिक वन्धक तथा यौन शोषणको घटना भए नभएको यकिन भए पछि मात्र प्रहरी मुद्धा दर्ता गर्ने नगर्ने टुंगोमा पुग्ने प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले बताए । पारिवारिक घटना भएका कारण यसलाई विशेष सुक्ष्म ढंगबाट अनुसन्धान शुरु गरिसकेको छौं, प्रहरी नायब उपरीक्षक घलेले भने ।

कान्छी पत्नी रावलले आफु विरुद्धको उजुरी लिएर प्रहरी तथा संचारकर्मीहरु समक्ष धाउन लागे पछि केही दिनका लागि न्यायाधीश गिरी भने विदा लिएर आफ्नो गृह जिल्ला बांके बसेका छन् । विक्षिप्त मन मस्तिष्कबाट अदालती कामकाज गर्न असहज हुने कारणले मानसिक तनाव कम गर्नका लागि आफु विदामा बसेको उनले बताए । कान्छी पत्नी रावलबाट आफु पटक पटक बार्गेनिंगको शिकार हुदै आए पनि यस पटक भने आफु आर कि पारको लडाईमा रहेको न्यायाधीश गिरीले बताए । मैले यस अघि नै उनि विरुद्ध सम्वन्ध विच्छेदको मुद्धा जिल्ला अदालत बांकेमा दिएको छु । अब कानुन सम्मत ढंगबाट उनीबाट आफु अलग रहेने उनले बताए ।

यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शरिर वन्धक तथा यौन शोषण भएको यथेष्ट प्रमाण तथा नभएका कारण तत्काल मुद्धा दर्ता गरेको छैन । यो नितान्त पारिवारिक कलह हो, यसलाई पारिवारिक हिसाबमै समाधान गर्दा राम्रो हुने एक प्रहरी अधिकारीले बताए ।

राष्ट्रिय मानव अधिकार आयोग, न्यायपरिषद सचिवालय र राष्ट्रिय महिला आयोगले न्यायाधीश गिरीलाई सोधपुछ र अनुसन्धान शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

रास्वपाले बोलायो आकस्मिक बैठक

रास्वपाले बोलायो आकस्मिक बैठक

भर्खरै प्रकाशित

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि