Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विकासको मूल प्रवाहमा छैनन् नरैनापुरवासी


विकासको मूल प्रवाहमा छैनन् नरैनापुरवासी

नेपालगञ्ज । दुर्गम मानिने बाँकेको नरैनापुर गाउँपालिकाका स्थानीय विकासको मूल प्रवाहमा आउन सकेका छैनन् । सडक पूर्वाधार विकास भए पनि यहाँ साक्षरताको अभावले स्थानीय परम्परागत मान्यता र विश्वासका आधारमा जीविकोपार्जन गरिरहेका छन् । कृषि र पशुपालनलाई प्रमुख पेशा बनाएका उनीहरूको आम्दानीको कुनै दरिलो स्रोत छैन ।

खरले निर्माण भएका फुसका घर र बालबालिका धुलाम्मे भएर खेलिरहेको दृश्यले यो स्थानमा सरकार भएको वा नभएको कुनै अनूभुति हुँदैन । स्थानीय सरकार विगतको तुलनामा अहिले विकासले गति लिएको जिकिर गरिरहेको छ ।

नरैनापुर–५ मटहैयाका विनय दीक्षितले अहिले नरैनापुर आउन भारतीय सडकको प्रयोग गर्ने अवस्थाको अन्त्य भएको उल्लेख गर्दै साक्षरताको अभावले यहाँको विकासले गति लिन नसकेको जानकारी दिए । स्थानीय सरकार निर्माण भए पनि प्रभावकारीरूपमा काम गर्न नसेकेको गुनासो गर्दै उनले अनुत्पादक ठाउँमा स्थानीय सरकारले बजेट खर्च गरेको आरोप लगाए । दीक्षितले भने, ‘धार्मिकस्थलमा बढी बजेट खर्च भएको छ, त्यसले परिणाम दिएको छैन ।’ नगदे बालीका रूपमा उखुखेती र फलफूल खेती गरेर पनि स्थानीयवासीले आम्दानीको स्रोत बढाउन सक्ने बताइएको छ ।

उनले औद्योगिक ग्राम निर्माण गर्ने ठाउँमा रङ्गशाला निर्माण भएको जानकारी दिँदै लगानीअनुसारको प्रतिफल पाउन नसकेको र कृषिमा भएको लगानी खेर गएको बताए । सिँचाइको अभाव हटाउन स्थानीय नहरलाई प्रयोगमा ल्याउन सकिने र त्यसबाट उत्पादनमा वृद्धि गर्न सकिने बताइन्छ । विद्युतीकरण भएपछि मोटर चलाएर गहुँलगायतका खेतीमा सिँचाइ गरे पनि त्यसको प्रभावकारिता देखिएको छैन ।

गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले पाँच वर्षअघिको गाउँपालिका र अहिलेको गाउँपालिकामा भिन्नता आएको उल्लेख गर्दै सडक पूर्वाधारको विकास भएको बताए । उनले भने, ‘विद्युतीकरण भएको थिएन, त्यसको व्यवस्थापन गरिएको छ र शिक्षाको विषयलाई प्राथमिकता दिइएको छ ।’

अध्यक्ष साहले बालबालिकाको संख्या बढ्दै गएकाले विद्यालय वा मदरसामा बसेर पढ्ने स्थानको अभाव भएको उल्लेख गर्दै सरकारसँग शिक्षाको विषेश प्याकेज माग गरेको बताए । सो गाउँपालिकामा मदरसासहित ४४ विद्यालय छन् ।

अहिले पनि यहाँको आधारभूत आवश्यकताका लागि भारतीय बजारमा निर्भरता रहेको र कृषिमा समेत परनिर्भरता नघटेको बताइएको छ । स्थानीयको आम्दानी स्रोत बढाउन पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालनका लागि पहल भइरहेको उल्लेख गर्दै अध्यक्ष साहले उद्योग स्थापनाका लागि पनि छलफल भइरहेको बताए ।

उनले नरैनापुरलाई अगैया बजारसँग जोडेपछि गाउँपालिकाको विकास तीव्र हुने जनाउँदै शिक्षा, स्वास्थ्य र सडक निर्माणपछि नरैनापुरका स्थानीय विकासको लयमा फर्कने विश्वास रहेको उल्लेख गरे । नरैनापुर–६ कुदरवेटवाका त्रिभुवनप्रसाद यादवले नरैनापुरको विकास सुस्तगतिमा भइरहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्यमा पहुँच बढेको बताए ।

तराईमा भएका स्थानीयवासीको अर्थावस्था कमजोर भएकाले खरले छाएका फुसका घर रहेको औँल्याउँदै उनले सरकारले पनि फुसका घर हटाउने नीतिअनुसार ती घरलाई विस्थापन गरेर टिनले छाएको घर निर्माणमा जोड दिएको बताए । यादव भन्छन्, ‘अब सहरी विकासको योजना अघि सारेर मात्रै सहरीकरणलाई बढवा दिन सकिन्छ ।’

यस गाउँपालिकामा मुस्लिम समुदायको बाहुल्यता छ । नेपालगञ्ज बजारबाट करिब ४६ किलोमिटर पूर्व दक्षिणमा पर्ने गाउँपालिका साविकका छ गाविस मिलेर गाउँपालिका भएको थियो । नरैनापुरको उत्तरतर्फ राप्तीसोनारी गाउँपालिका, दक्षिणतर्फ भारतको सिमाना, पश्चिमतर्फ बाँकेको डुडुवा गाउँपालिका र पूर्वतर्फ पनि भारतको सीमाना पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

भर्खरै प्रकाशित

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

एभर्टनको मुख्य प्रशिक्षकमा सेन डाइचे नियुक्त

एभर्टनको मुख्य प्रशिक्षकमा सेन डाइचे नियुक्त

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि