Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भुटानी शरणार्थीबारे उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष आग्रह


भुटानी शरणार्थीबारे उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष आग्रह

तस्बिर रासस

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ ।

फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई शुक्रबार भेटी नेपालमा रहेका ती शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरेको हो ।

फाउण्डेशनले उपप्रधानमन्त्री लामिछानेलाई हस्तान्तरण गरेको ज्ञापनपत्रमा आफ्नै पुर्खाको देशमा शरणार्थी जीवन बिताउनु पर्दा अत्यन्त पीडा हुने भन्दै नेपाली भाषी भुटानीलाई ससम्मान भुटान फर्काउन, नेपालकै नागरिकता दिलाउन वा पुनर्वासका लागि तेस्रो मुलुक पठाउनका लागि पहल गरिदिन आग्रह गरिएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘आफ्नै समुदायका व्यक्तिहरु अझै पनि नेपालको झापा र मोरङका शिविरमा कष्टकररुपमा शरणार्थी जीवन बिताउन बाध्य छन् । यसले हामी पुनर्वासमा गएर ती देशमा आफ्नो पहिचानसहित काम गरिरहेकालाई पनि पीडा दिएको छ ।’

‘नेपाली भाषा, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने तथा मानवीय सेवालाई नै जीवनको धर्म सम्झने उद्देश्यले स्थापित यो फाउण्डेशन आफ्नै समुदायका व्यक्तिहरु अझै पनि नेपालको झापा र मोरङका शिविरमा अति कष्टकर शरणार्थी जीवन बिताउन बाध्य भएकोप्रति हामी माननीय मन्त्रीज्यूमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ’, सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

पुनर्वासका क्रममा अमेरिकामा रहेका नेपाली भाषी भुटानी युवा व्यवसायी तथा समाजसेवीले डिल्ली अधिकारीको नेतृत्वमा अमेरिकामा सो फाउण्डेशन स्थापना गरेका हुन् । नेपाली भाषा, संस्कृतिको संरक्षण सम्वर्द्धनको उद्देश्यसहित यस फाउन्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ नामका दुईवटा ‘रियालिटी शो’ गरेर संसारभरका नेपालीभाषी प्रतिभालाई हालसम्मकै सर्वाधिक (रु. एक करोड) राशिको पुरस्कार दिने घोषणा पनि गरेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मृत्युपश्चात शरीरका सबै अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई

भर्खरै प्रकाशित

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि