Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रपति बन्न देउवामाथि चौतर्फी दबाब !


गण्डकी साक्षर प्रदेश घोषणा, देउवाले भने- प्रजातन्त्रको मास्ने सपना नदेखे हुन्छ

योग्य मानिसलाई राष्ट्रपति चयन गरेर प्रजातन्त्रको गरिमा र विश्वसनीयता बढाउने भन्दा पनि आफूअनुकुलको ब्यक्ति चयन गरेर आफूलाई सूरक्षित तुल्याउने प्रतिष्पर्धामा शक्तिकेन्द्रहरू जुटेका छन् ।

यतिबेला राष्ट्रपति बन्न सबैभन्दा चर्को दबाब शेरबहादुर देउवामाथि परेको छ । देउवालाई राष्ट्रपति बनाइएको अवस्थामा आफूलाई प्राप्त प्रधानमन्त्री पदको आयू बढेर पाँच वर्षसम्म पुग्नसक्ने आशा प्रचण्डमा पलाएको छ । त्यसैले प्रचण्डद्वारा देउवामाथि राष्ट्रपति पद स्वीकार गर्न चर्को दबाब परिरहेको बुझिन्छ । त्यस्तै देउवालाई काङ्ग्रेसको सक्रिय राजनीतिबाट विश्राम दिलाउन चाहने काङ्ग्रेसकै एकथरि नेताहरू पनि देउवालाई राष्ट्रपति पद ग्रहण गर्न ‘आग्रह’ गर्दैछन् । देउवालाई पन्छाएर काङ्ग्रेसमा एकलौटी हालिमुहाली गर्न चाहने महामन्त्रीहरू मात्र होइन देउवाका निकटतम हितैषी उपसभापति पूर्णबहादुर खड्कासमेत देउवालाई राष्ट्रपति बनाउने पक्षमा रहेको बताइन्छ ।

पूर्ण खड्काको सदासयतालाई कतिपयले कार्यवाहक सभापति बन्ने दाउका रूपमा पनि अथ्र्याएका छन् । भनिन्छ, पूर्णबहादुर खड्काले महामन्त्रीद्वय, सभापति र नेता रामचन्द्र पौडेलकाबीच समन्वय र सन्तुलनको काम पनि गरिरहेका छन् । कदाचित देउवाले राष्ट्रपति पद स्वीकार गरे भने कार्यवाहक सभापति बन्ने र चलाउने परिस्थिति खड्काले निर्माण गरेका छन् । पार्टीका महामन्त्रीहरूबाट समेत देउवालाई राष्ट्रपति बन्न दबाब पैदा गरिएको छ । अब पत्नी आरजु राणाको ब्यवस्थापन हुने निश्चित भयो भने देउवाले राष्ट्रपति पद ग्रहण गर्ने विश्वास गरिएको छ ।

ज्ञातब्य छ, देउवा आफ्नी पत्नीलाई काङ्ग्रेसको उपसभापति या महामन्त्रीका रूपमा देख्न चाहन्छन् । तर काङ्ग्रेस विधानले महामन्त्री या उपसभापति पदमा मनोनयनको ब्यवस्था गरेको छैन । त्यसका निम्ति काङ्ग्रेसले आफ्नो विधान नै संशोधन गर्नुपर्ने हुन्छ र विधान संशोधन गर्न महाधिवेशन या विधान अधिवेशन गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा उपसभापति, महामन्त्रीहरू र प्रचण्ड स्वयम्ले देउवालाई कसरी विश्वासमा लिन सक्दा हुन्, प्रतीक्षाको विषय बनेको छ ।

काङ्ग्रेसमा रामचन्द्र पौडेल, मानबहादुर विश्वकर्मा र कृष्ण सिटौलाको नाम सम्भावित राष्ट्रपतिका रूपमा अगाडि आएको छ । यस अघि मधेशी मूलका ब्यक्ति राष्ट्रपति र उपराष्ट्रपति बनिसकेका, महिला, जनजाति र क्षेत्री समुदायबाट पनि राष्ट्रपति र उपराष्ट्रपति भैसकेकाले अब पिछडिएको समुदायका मानिसलाई राष्ट्रपति बनाइनुपर्छ भन्ने आवाज काङ्ग्रेस भित्र पनि जोडतोडका साथ उठ्न थालेको छ । मुलुकको जनसङ्ख्याको ठूलो हिस्सा ओगट्ने दलित समुदायबाट राष्ट्रपति बनाइदा त्यसले छुट्टै सन्देश दिने विश्वास गरिन्छ । यस्तो धारणा राख्नेहरूले अमृत साइन्स क्याम्पसमा गणित विषयका उपप्राध्यापक रहिसकेका पूर्व मन्त्री मानबहादुर विश्वकर्माको नाम अगाडी सारेका छन । काकताली परेको अवस्थामा भने सिटौला या रामचन्द्र पौडेल पनि राष्ट्रपति बन्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।-घटना र विचारबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

एनसेल प्रकरणमा नाम मुछेको भन्दै प्रधानमन्त्री सचिवालयले जनायो आपत्ति

भारतीय राजदूत लुम्बिनी आउदा गृहमंत्रीको बिरोध प्रदर्शन

भारतीय राजदूत लुम्बिनी आउदा गृहमंत्रीको बिरोध प्रदर्शन

लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड

लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड

नेपालीलाई रुस पठाउने १२ जनालाई सार्वजनिक गर्दै प्रहरीले भन्यो- लहरो लामो छ, तानिँदै जान्छ

नेपालीलाई रुस पठाउने १२ जनालाई सार्वजनिक गर्दै प्रहरीले भन्यो- लहरो लामो छ, तानिँदै जान्छ

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

मोदीसँग कूटनीति संयन्त्रबाट सीमा विवाद समाधानको कुरा भयो : प्रधानमन्त्री प्रचण्ड

वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्ने प्रधानमन्त्रीको वचन

भर्खरै प्रकाशित

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

एनसेल प्रकरणमा नाम मुछेको भन्दै प्रधानमन्त्री सचिवालयले जनायो आपत्ति

भारत–नेपाल सांस्कृतिक महोत्सवले लुम्बिनीमा मनायो साझा संस्कृति र सम्पदा महोत्सव

भारत–नेपाल सांस्कृतिक महोत्सवले लुम्बिनीमा मनायो साझा संस्कृति र सम्पदा महोत्सव

भारतीय राजदूत लुम्बिनी आउदा गृहमंत्रीको बिरोध प्रदर्शन

भारतीय राजदूत लुम्बिनी आउदा गृहमंत्रीको बिरोध प्रदर्शन

लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड

लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड

हिंसालाई नियन्त्रण गर्न कपिलबस्तुमा सडक नाटक गर्ने तयारी

हिंसालाई नियन्त्रण गर्न कपिलबस्तुमा सडक नाटक गर्ने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज