Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाणगंगालाई राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उपाधि

Author Avatar साझा न्यूज 4th March 2023 , 7:39 PM
बाणगंगालाई राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उपाधि

१३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उपाधि बाणगंगा नगरपालिकाले जितेको छ । यही फाल्गुण १८ गते देखि बुद्धभूमि नगरपालिकाको खेल मैदानमा भएको प्रतियोगीतामा २६ स्वर्ण पदक, तीन रजत र ६ कास्य पदक जित्दै बाणगंगा जिल्ला प्रथम भएको हो । शनिबार प्रतियोगीताको समापन सत्रमा उपाधि जित्ने बाणगंगालाई रु. ५० हजार, शिल्ड, मेडल प्रदान गरिएको छ ।

बाणगंगाले यसभन्दा अगाडीका दुई प्रतियोगीतामा पनि उपाधि जितेको थियो । बाणगंगाले लगातार तीन पटक रनिङ्ग शिल्डको उपाधि जितेर ‘ह्याट्रिक’ गरेको छ । प्रतियोगीतामा बुद्धभूमि नगरपालिका दोस्रो भएको छ । बुद्धभूमिले ९ स्वर्ण, ३ रजत र ६ कास्य पदक जितेको छ ।

शिवराज नगरपालिकाले ५ स्वर्ण, २८ रजत र ३ कास्य पदक जितेर तेस्रो भएको छ । ५ पालिकाको सहभागीता रहेको प्रतियोगीतामा शुद्धोधन गाउँपालिकाले ३ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दा कपिलवस्तु नगरपालिकाले ७ रजत र ९ कास्य पदक जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्यायले बताए ।

प्रतियोगीतामा छात्र तर्फ कबड्डीको उपाधि घोषणा नगरिएको जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव मीन प्रसाद पोख्रेलले बताए। शनिबार अन्तिम खेलमा खेलाडी बीच विवाद हुँदा छात्र तर्फको विजयी घोषणा नगरिएको र यसबारे पछि निर्णय लिइने सदस्य सचिव पोख्रेलले बताए । यस खेलमामा बाणगंगा र कपिलवस्तु नगरपालिकाका खेलाडी बीच प्रतिस्पर्धा छ ।

प्रतियोगीतामा बोल्दै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले विद्यार्थीको प्रतिभा प्रष्फुटनका लागि यस्ता प्रतियोगीता महत्वपूर्ण हुने बताए । प्रतियोगीतामा सबै पालिकाको सहभागीता हुन नसक्नु दुखद पक्ष भएको भन्दै आगामी दिनमा यसबारे खेलकुद समितिले चासो राख्नुपर्ने बताए ।

प्रतियोगीतामा यस बर्ष बुद्धभूमि नगरपालिका सह आयोजकका रुपमा थियो । प्रतियोेगीता समापनमा बुद्धभूमिका नगर प्रमुख केशवकुमार श्रेष्ठ, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल लगायतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

भर्खरै प्रकाशित

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज