कपिलवस्तु। कार्तिक २३ राष्ट्रिय मुक्ति पार्टी नेपालकी केन्द्रीय सदस्य नाजिमा खानसहित दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
आज कपिलवस्तुको तौलिहवास्थित होटल पाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर १ का सांसद मोहनलाल आचार्य र क्षेत्र नम्बर २ का सांसद विक्रम सिंह थापाले संयुक्त रूपमा नाजिया खानलाई प्रवेश गराएका हुन खान कपिलवस्तु नगरपालिका वडा नम्बर १ का स्थायी बासिन्दा हुन्। उनी समाजशास्त्रमा मास्टर डिग्री गरेका हुन् उनी प्रज्ञा प्रतिष्ठानका सम्पादक हुन । उहाँको राजनीतिक यात्रा वा राष्ट्रिय स्वतन्त्र पार्टीबाट नै हुने खानले बताउनुभयो सदस्य खान सहित नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।
कार्यक्रममा सांसद मोहनलाल आचार्यले रास्वपाको संगठन विस्तार, राजनीतिक परिवर्तन र जनताको अपेक्षाअनुसार काम गर्ने विषयमा आफ्नो मन्तव्य राख्दै नयाँ सदस्यहरूको प्रवेशले पार्टी संगठनमा थप सहभागिता बढ्ने बताउनुभयो।कार्यक्रममा सांसद मोहनलाल आचार्यले रास्वपाको संगठन विस्तार, राजनीतिक परिवर्तन र जनताको अपेक्षाअनुसार काम गर्ने विषयमा आफ्नो मन्तव्य राख्दै नयाँ सदस्यहरूको प्रवेशले पार्टी संगठनमा थप सहभागिता बढ्ने बताउनुभयो।
त्यसैगरी सांसद विक्रम सिंह थापाले पार्टीको उद्देश्य, राजनीतिक संस्कार, सुशासन र जनताप्रतिको उत्तरदायित्वबारे मन्तव्य राख्नुभयो। उहाँले पार्टीमा आबद्ध भएका नयाँ सदस्यहरूलाई स्वागत गर्दै सबै मिलेर जनताको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न कार्यक्रम जिल्ला सभापति शिवकुमार सुवेदीको सभापतित्व तथा सचिव यमलाल आचार्यको सञ्चालनमा भएको थियो।
कार्यक्रममा नव परवेशीहरूलाई स्वागत सहसचिव इ, देवेन्द्र शर्मा, कोषाध्यक्ष मोहन शर्मा, जिल्ला सदस्य सीता सापकोटा र मोहम्मद हईलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी क्षेत्रीय सभापति माधव पराजुली, क्षेत्रीय सचिव गयादिन कुर्मी (दिपु), कपिलवस्तु नगर सभापति रामु रेग्मी , सचिव सन्तोष कसौधन, यशोधरा गाउँपालिका सभापति धीरेन्द्र चौधरी, उपसभापति आशिष साहनी, मायादेवी गाउँपालिका सभापति कमलेश दुबे तथा संगठन विभागको उपप्रमुख बजरंगी कुर्मीलगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
















































