Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रधानमन्त्री होइन, संस्था बलियो भए मात्र सरकार बलियो हुन्छ : सभापति थापा

Author Avatar साझा न्यूज 1st November 2026 , 3:37 PM
प्रधानमन्त्री होइन, संस्था बलियो भए मात्र सरकार बलियो हुन्छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बलियो सरकार बन्न प्रधानमन्त्री मात्र शक्तिशाली भएर नहुने बताएका छन्। त्यसका लागि राज्यका संस्थाहरू, नियम र कानुन बलियो हुनुपर्ने उनको भनाइ छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि आइतबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्।

सभापति थापाले सरकारले भ्रष्टाचार नियन्त्रण र अनियमिततामाथि छानबिन गर्नुपर्ने भए पनि त्यसका लागि स्थापित कानुनी प्रक्रिया र संस्थाहरूको पालना गर्नुपर्ने बताए।

उनले सिँचाइ विभागका महानिर्देशक र सुनकोसी मरिन डाइभर्सन आयोजनाका प्रमुखलाई कार्यस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा बयान गराएको भन्ने समाचारप्रति पनि आपत्ति जनाए।

कर्मचारीलाई जिम्मेवारीअनुसार काम लगाउने, अनुशासन उल्लंघन गरे कारबाही गर्ने र भ्रष्टाचार गरे कानुनी प्रक्रियाअनुसार सजाय दिने अधिकार सरकारसँग रहेको उनको भनाइ थियो। तर, त्यसका लागि स्थापित निकाय र कानुनी प्रक्रिया मिच्न नहुनेमा उनको जोड छ।

सो अवसरमा सभापति थापाले यसअघि पासपोर्ट छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहितका पदाधिकारी र परराष्ट्र मन्त्रालयका कर्मचारीलाई ८/९ घण्टासम्म प्रधानमन्त्री कार्यालयमा राखिएको घटना पनि स्मरण गराए। त्यस्तै, एक निर्माण व्यवसायी र एक सचिवलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएर लगिएको घटनाको पनि उदाहरण दिए।

‘कानुनको शासन र कानुनलाई हतियार बनाएर शासन गर्ने कुरा फरक हुन्। कानुनको शासन भनेको नागरिकले मात्र कानुन मान्ने होइन, सरकारले पनि कानुन मान्ने हो। प्रधानमन्त्री, मन्त्री र प्रहरी सबैलाई कानुन लाग्छ,’ थापाले भने। उनले प्रधानमन्त्री अधिकारसम्पन्न भए पनि त्यो अधिकारको सीमा हुने बताए। अधिकारको सीमा उल्लंघन हुनासाथ समस्या सुरु हुने उनको भनाइ थियो।

‘बलियो सरकार भनेको प्रधानमन्त्री बलियो हुनु होइन, संस्थाहरू बलियो बनाउनु हो। नियम र कानुन बलियो बनाउनु हो। ती सबै बलिया भएपछि प्रधानमन्त्री आफैँ बलियो हुन्छन्,’ उनले भने।

सभापति थापाले भ्रष्टाचार अन्त्य गर्न चाहने नयाँ पुस्ताको माग जायज रहेको बताउँदै यस अभियानमा कांग्रेस पनि साथमा रहेको उल्लेख गरे। तर, भ्रष्टाचार नियन्त्रणका नाममा कानुनी प्रक्रिया र विधिलाई बेवास्ता गर्न नहुने उनको धारणा थियो।

‘प्रक्रिया केही पनि होइन भनेर भनियो भने अन्ततः यसले झन् बढी भ्रष्टाचार हुने र भ्रष्टाचारीको संरक्षण गर्ने ठाउँमा पुर्‍याउँछ। किनकि शक्तिले भ्रष्ट बनाउँछ भन्ने कुरा हामीले पहिले नै देखिसकेका छौँ,’ उनले भने।

उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार गम्भीर हुनुपर्ने तर त्यसका नाममा राज्यका निकाय र कर्मचारीमाथि मनलाग्दी ढंगले शक्ति प्रयोग गर्न नहुनेमा जोड दिएका छन्।

त्यस्तै, हालै केही पत्रकार पक्राउ परेर रिहा भएककोबारे बोल्दै उनले भने, ‘संसदीय दलको बैठकबाट निर्देशन दिने काम होस्। प्रधानमन्त्रीले त्यो निर्देशन लिएर गएपछि सरकारले काम गरोस्, छानबिन होस् र परिणाम आओस्। हामीले चाहने कुरा त्यही हो।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

वाणगंगाको नास्ता पसलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

वाणगंगाको नास्ता पसलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

मुस्ताङको होटेलबाट जेन जेड आन्दोलनमा फरार प्रतिवादी पक्राउ

मुस्ताङको होटेलबाट जेन जेड आन्दोलनमा फरार प्रतिवादी पक्राउ

पत्रकारमाथि धरपकड भएको घटना छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकारमाथि धरपकड भएको घटना छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

लागूऔषधसहित १३ जना पक्राउ

लागूऔषधसहित १३ जना पक्राउ

बडीमालिकामा भारी हिमपात: दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात: दुई जना पर्यटक सम्पर्कविहीन

नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेन शाहको निर्देशन

नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेन शाहको निर्देशन

भर्खरै प्रकाशित

वाणगंगाको नास्ता पसलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

वाणगंगाको नास्ता पसलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

प्रधानमन्त्री होइन, संस्था बलियो भए मात्र सरकार बलियो हुन्छ : सभापति थापा

प्रधानमन्त्री होइन, संस्था बलियो भए मात्र सरकार बलियो हुन्छ : सभापति थापा

मुस्ताङको होटेलबाट जेन जेड आन्दोलनमा फरार प्रतिवादी पक्राउ

मुस्ताङको होटेलबाट जेन जेड आन्दोलनमा फरार प्रतिवादी पक्राउ

पत्रकारमाथि धरपकड भएको घटना छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकारमाथि धरपकड भएको घटना छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

लागूऔषधसहित १३ जना पक्राउ

लागूऔषधसहित १३ जना पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज