कपिलवस्तु १० चैत
कपिलवस्तुको तौलिहवामा डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु भएको छ । सिंह कन्ट्रक्सनको संयोजन तथा जिल्ला ब्याडमिन्ट संघको आयोजनामा प्रतियोगीता सुरु भएको हो । प्रतियोगीतको पानसमा दिप प्रज्जवलित गरी कपिवलस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले सुभारम्भ गरको थिए ।
मेयर सुदीप पौडल, प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, बिजयलक्ष्मी सिंह र संघका जिल्ला अध्यक्ष दिनेश हमालले कोर्टमा ब्याडमिन्ट खेल खेलेर खेलको सुरुवात गरेका थिए । सो अवसरमा मेयर पौडेलले नगरमै सिमित मात्र खेल प्रतियोगीता भईरहेको बेला ब्यक्तिगत लगानीमा प्रतियोगीता हुनु खुशीको कुरा भएको बताए । उनले नगरपालिकाले पनि खेल क्षेत्रको विकासकालागि बजेट बिनियोजन गरेको बताए ।
खेलमा ३२ समुहले भाग लिएको प्रशिक्षक राजेश शाक्यले बताए । कुल ३१ प्रतियोगीता हुनेछन । यस्तै प्रथम हुनेलाई नगद १० हजार र कप, द्धितीयलाई ८ र तृतीयलाई ४ हजार पुरस्कार रहेको छ । संघका अध्यक्ष दिनेश हमालको अध्यक्षता, बलराम न्योनपानेको संचालनमा भएको कार्यक्रममा खेलाडीको तर्फबाट रोहीत बराल र प्रशिक्षकको तर्फबाट हुसेनले सपथ लिएका थिए । उद्घाटन सत्रमा सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी, पत्रकार महासंघका जिल्ला सभापति किरणमान बज्राचार्य, प्रेस युनियनका जिल्ला सभापति गोपाल भन्डारी, लगायतको सहभागीता थियो ।
डिबि सिंह नारायण बहादुर सिंको बुवा र बिनायक सिंहका हजुर बुवा हुन । युवा नेता बिनायक सिंहको अग्रसरतामा आफ्नै हजुर बुवा डिबि सिंहको संझनामा ब्यक्तिगत लगानीको खेल खेलाइएको हो ।