कपिलवस्तु, चैत १२ । कपिलवस्तुको तौलिहवामा संपन्न डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीताको उपाधि रोहीत बराल र अभय महराले जितेका छन । बैरियाका जितेन्द्र घिमिरे र लक्ष्मण थापाको जोडीलाई २ का बिरुद्ध एक सेटले हराउदै रोहित र अभयले प्रतियोगीता जितेका हुन ।
जितसंगै रोहित र अभयले कप, नगद १० हजार समेत प्राप्त गरे । उप बिजेत जोडीले भने नगद ८ हजार र कप पाए । प्रतियोगीतामा रितेश थापा र सुदीप पौडल र संदीप श्रेष्ठ र मोहम्द हुसेनको जोडी तृतीय भएका थिए । दुबै जोडीले २ हजार नगद कप पाए । बिजेता टोलीलाई लुम्बिनी प्रदेशका सदस्य सुधाकर पाण्डेय, खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्याय, क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरे, आयोजक सिंह कन्ट्रक्सनका मालिक नारायण बहादुर सिंहले पुरस्कार प्रदान गरेका थिए ।
सो अवसरमा प्रदेश सदस्य पाण्डेयले निजी स्तरबाट प्रतियोगीता गराउनु राम्रो काम भएको बताए । उनले खेलकुद विकासका लागि आफुले प्रदेश सरकारमा जोडदार माग राख्ने प्रतिबद्धता ब्यक्त गरे । सो अवसरमा खेलकुद विकास समितिका जिल्ला अध्यक्ष राजेश उपाध्ययाले ओझेलमा परेको खेलकुदको विकासका लागि यस्तो प्रतियोगीता गर्न आफैमा उदाहरणीय काम भएको बताए । सिंह कन्ट्रक्सनको संयोजन तथा जिल्ला ब्याडमिन्ट संघको आयोजनामा प्रतियोगीता भएको हो ।
खेलमा ३२ समुहले भाग लिएको प्रशिक्षक राजेश शाक्यले बताए । कुल ३१ प्रतियोगीता भएका थिए । समापन समारोह ब्याडमिन्टन संघका जिल्ला अध्यक्ष दिनेश हमालको अध्यक्षता, पदमराज श्रेष्ठको संचालनमा भएको कार्यक्रममा नारायण बहादुर सिंह, बिजय लक्ष्मी सिंह लगायतको सहभागीता थियो । डिबि सिंह नारायण बहादुर सिंको बुवा र बिनायक सिंहका हजुर बुवा हुन । युवा नेता बिनायक सिंहको अग्रसरतामा आफ्नै हजुर बुवा डिबि सिंहको संझनामा ब्यक्तिगत लगानीको खेल खेलाइएको हो ।