Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

धावक बन्ने रिकजनाको सपना

Author Avatar साझा न्यूज 28th March 2023 , 10:30 AM
धावक बन्ने रिकजनाको सपना

‘भविष्यमा राम्रो खेलाडी बनेर चिनिने मेरो लक्ष्य छ । उत्कृष्ट धावक बनेर राष्ट्रिय रूपमा परिचित हुने मेरो सपना हो’ । मुनासँगको कुराकानीमा रिकजना माझीले भनिन । म्याग्दीको मंगला गाउँपालिका–५, पोककी रिकजना मङ्गला माविको कक्षा ८ मा अध्ययनरत छिन । खेलकुदका साथै उनी पढाइमा पनि अब्बल छन् । हामीले कतै देखेका हुन्छौँ भीर पहरामा पनि राम्रो फूल फुलेको हुन्छ । दुई ढुङ्गाको बीचबाट उम्रिएको बिरुवा सङ्घर्ष गरेर उर्किएको हुन्छ । यस्तै उदाहरण हुन रिकजना । उनी लाखौँ बालबालिकाका लागि एउटा प्रेरणाको स्रोत हुन सक्छिन् ।

कक्षामा उनी प्रथम हुन् । रिकजनाको परिवार गरिबी, अभाव र आर्थिक समस्यासँग जुधिरहेको छ । दैनिक रूपमा ज्याला मजदुरी गरेर दैनिकी चलाउने उनको परिवार सुकुम्बासी हो । चरम अभाव र समस्यालाई जितेर रिकजना उदीयमान खेलाडी बन्न सङ्घर्षशील छन् ।  हालै सम्पन्न भएको जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स खेलका विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै चार स्वर्ण पदक हात पारिन् । उनले यसभन्दा अघि पालिका स्तरीय खेलकुद प्रतियोगितामा पनि छ स्वर्ण जित्न सफल भएकी थिइन् । रिकजनाको उत्कृष्ट खेलले  विद्यालयले तृतीय स्थान हासिल ग-यो ।

रिकजनाको बुवाआमाले बिहान, बेलुकी हातमुख जोड्न अर्काको घरमा मजदुरी गर्छन् । उनका बुवाआमा तिलक र विष्णु माझीले दैनिक रूपमा ज्याला

मजदुरीबाट परिवार पाल्ने गरेका छन् । पढाइमा अब्बल रिकजनाको शिक्षादीक्षाका लागि छिमेकी भुवानी बुढाथोकीले आफ्नै घरमा राखेका छन् ।

दुःख, कष्ट, अभावलाई झेल्दै प्रतिकूल परिस्थितिमा पनि सामान्य अभ्यासबाटै खेलकुद विधामा सफलता प्राप्त गरेपछि गाउँलेहरू दङ्ग छन् ।  मेहनत र परिश्रमबाट प्राप्त हुने सफलतालाई गरिबीले छेक्न सक्दैन भन्ने उदाहरणसमेत रिकजना बनेकी छन् । रिकजनाले गाउँघरमा दौडँदा दौड्दै

जिल्लास्तरीय राष्ट्रपति खेलकुद प्रतियोगितामा पदक जितेर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी र एउटै खेलाडीले धेरै पदक जित्दै पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपका लागि समेत छनोट भएकी छन् ।

रिकजना एथलेटिक्सकी सुन्दर भविष्य  हुन्, अनुभवी प्रशिक्षकको साथ पाएर धेरै प्रगति गर्न सक्ने खेलाडी हुन्, छिमेकी गोविन्द रोकाले मुनासँगको

कुराकानीमा भने । सानो उमेरमै धावकजस्तै दौडिएर सबैलाई चकित बनाउने रिकजना भविष्यमा राम्रो प्रतिभाशाली खेलाडी हुन सक्छिन् । चैत ३ गते हुने गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पनि आफूले उत्कृष्ट खेल प्रतिभा प्रदर्शन गर्नेमा उनी विश्वस्त छिन् । मलाई विश्वास छ मैले पोखरामा पक्कै पनि उत्कृष्ट प्रदर्शन गर्न सक्छु ।  रिकजना अन्य बालबालिका लागि प्रेरणाको स्रोत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

भर्खरै प्रकाशित

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज