Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

चैती छठ पर्व सम्पन्न


चैती छठ पर्व सम्पन्न

जलेश्वर,  चैत १४ गते । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न भएको छ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धूमधामका साथ चैती छठ पर्व सम्पन्न भएको छ । छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदी बिग्री, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ ।  सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन शनिबार व्रतीले ‘नहा खा’ अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गरेका थिए । त्यस्तै, पर्वको दोस्रो दिन आइतबार खर्ना मनाएका थिए । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाएका थिए ।

त्यस्तै, षष्ठीका दिन अर्थात् सोमबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकिया जस्ता पकवान र विभिन्न पलफूल तथा मूला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुगेका थिए ।

षष्ठीका सोमबार साँझ व्रतीले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ्य सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ्य अर्पण गरेका थिए । यस्तै छठ पर्वको चौथो दिन अर्थात् आज बिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न गरेका छन् ।

धार्मिक ग्रन्थ महाभारतका अनुसार द्रौपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् तथा त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रूपमा समेत विकसित छठ पर्व हिन्दुको सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पु¥याउनुपर्छ तर चढाउने सामर्थ्य नभएकाहरू गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास  छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

व्यावसायिक ड्रागन फ्रुट खेती

व्यावसायिक ड्रागन फ्रुट खेती

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने

ठेकेदार सम्पर्कविहीन हुँदा भवन निर्माण अधुरै

ठेकेदार सम्पर्कविहीन हुँदा भवन निर्माण अधुरै

भर्खरै प्रकाशित

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

व्यावसायिक ड्रागन फ्रुट खेती

व्यावसायिक ड्रागन फ्रुट खेती

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि