Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हेलिकप्टर आउन नसकेपछि एम्वुलेन्समार्फत उद्धार

Author Avatar साझा न्यूज 31st March 2023 , 2:03 PM
हेलिकप्टर आउन नसकेपछि एम्वुलेन्समार्फत उद्धार

कालीकोट, चैत १७ गते । जिल्ला अस्पताल कालीकोटमा सुत्केरी गराउन नसकेपछि एक जना गर्भवतीलाई जुम्ला रेफर गरिएको छ । नरहरीनाथ गाउँपालिका –१, कोटवाडा निवासी २० वर्षीया सरिता बिष्टलाई हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भएको थियो ।

प्रतिकुल मौसमका कारणले हेलिकप्टर आउन नसकेपछि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले सरिताको उद्धारका लागि महिला उत्थान समन्वय इकाईको हेलिकप्टर ब्यवस्थापन गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जिल्ला अस्पताल कालीकोटका चिकित्सक रमितानाथ योगीको रिपोर्टअनुसार सरिता बिष्टलाई तत्काल उद्धार गर्नुपर्ने भएकाले बिहानै सिफारिस गरेको भए पनि हेलिकप्टर आउन नसकेका कारणले जुम्ला पठाउन बाध्य भएको जानकारी दिनुभयो ।

अस्पतालका अनुसार सरिता चैत १६ गते स्वास्थ्य सेवा कार्यालय कालीकोटमा भर्ना भएको र उहाँको खुट्टा सुनिएको, प्रेसर बढेको, स्वास्थ्यमा सुधार नआएले तत्काल हेलिकप्टर ब्यवस्थापन गरिएको थियो । तर खराव मौसमका कारण हेलिकप्टर आउन सकेन ।

गर्भवती बिष्टको स्वास्थ्य अवस्था जटिल हुनुको कारण उहाँको दुई वर्षअघि मुटुको भल्ब फेर्ने जटिल शल्यक्रिया गरिएकाले स्वास्थ्य सेवा कार्यालय कालीकोटमा सुत्केरी गराउन जटिल भएकाले तत्काल सुबिधा सम्पन्न अस्पतालमा लैजानु पर्ने सुझाव चिकित्सकको छ ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त ब्यवस्थापक कटकवहादुर महतले धेरै प्रयास गर्दा पनि जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले जिल्ला प्रशासनलाई आग्रह गरेर ज्यान जोगाउने प्रयास भइरहेको बताउनुभयो ।

मौसम प्रतिकुलताका कारणले हेलकप्टरमार्फत उद्धार गर्न सम्भव भएन त्यसैले जुम्ला पठाइएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले उद्धारका लागि शुक्रवार बिहान ७ वजे नै पत्र लेखेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री

तिहारको अन्तिम दिन आज भाइटीका : उत्तम साइत बिहान ११ः०७ बजे

तिहारको अन्तिम दिन आज भाइटीका : उत्तम साइत बिहान ११ः०७ बजे

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

थाई उपासकद्वारा चिवर दान

थाई उपासकद्वारा चिवर दान

सप्तरीमा ८० बोरा गाँजा बरामद

प्रहरी सहायक हवलदार मृत फेला

ईन्जिनियर जैसवाल यशोधरा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीम

ईन्जिनियर जैसवाल यशोधरा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीम

भर्खरै प्रकाशित

ममताको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममताको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री

तिहारको अन्तिम दिन आज भाइटीका : उत्तम साइत बिहान ११ः०७ बजे

तिहारको अन्तिम दिन आज भाइटीका : उत्तम साइत बिहान ११ः०७ बजे

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

थाई उपासकद्वारा चिवर दान

थाई उपासकद्वारा चिवर दान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज