Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सालझण्डी–ढोरपाटन सडकको दुरदशा: १३ वर्षमा १९ किमि कालोपत्रे

Author Avatar साझा न्यूज 1st April 2023 , 12:30 PM
सालझण्डी–ढोरपाटन सडकको दुरदशा: १३ वर्षमा १९ किमि कालोपत्रे

भैरहवा, चैत १८ गते । सालझण्डी–ढोरपाटन सडक निर्माण सुरु भएको १३ वर्ष बित्यो । राष्ट्रिय प्राथमिकताको आयोजना अन्तर्गत रहेको यो सडकको बागलुङ खण्डमा ट्रयाक खुलेको नौ वर्ष बितिसक्यो । तर स्तरोन्नतिको काम भने निकै सुस्त छ । २०६६ सालदेखि निर्माण सुरु भएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको हालसम्म १९ किलोमिटर मात्र कालोपत्रे भएको छ ।

यो सडकको कुल लम्बाई १८५ किलोमिटर रहेको छ । रुपन्देहीमा ५, पाल्पामा २०, अर्घाखाँचीमा ७०, गुल्मीमा ४० र वाग्लुङमा ५० किलोमिटर क्षेत्र सडकले ओगटेको छ । वाग्लुङको धार्मिक तथा पर्यटकीय क्षेत्र ढोरपाटनसम्म पु¥याइएको यो सडक पर्यटन प्रवद्र्धनका लागि निर्माण सुरु गरिएको हो । उक्त सडकको केही खण्ड ग्राभेल भएको छ भने कच्ची सडकको काम सकिएको छ ।

यो सडक विस्तारको काम श्रेष्ठ गल्वा क्यारभान जेभीले गरिरहेको छ । आठ अर्बको डीपीआर भएको सडकमा प्रत्येक वर्ष ३५÷४० करोडमात्रै बजेट विनियोजन भएको छ । १३ वर्षको अवधिमा करिव तीन अर्व रुपियाँ खर्च भएको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा ३५ करोड र थप आठ करोड बजेटको काम सकिएको छ भने यो वर्ष ४० करोड बजेट विनियोजन भएको छ । यो सडक अन्तर्गत पर्ने पुलमध्ये अब दुई वटा पुल बन्न बाँकी छ । बाग्लुङ जिल्लामा पर्ने बहुला बाँस खोला र दो खोलामा पुल निर्माणका लागि डिजाइन स्वीकृति अन्तिम चरणमा रहेको परियोजनाका सूचना अधिकारी इन्जिनियर शरद आचार्यले बताउनुभयो । बाँकी पुल भने निर्माण भइसकेको उहाँले जानकारी दिनुभयो ।

सन्धिखर्कमा विवाद भएका कारण पाँच सय मिटर कच्ची सडकको काम रोकिए पनि अन्यत्र कुनै रोकावट छैन । सुरुमा यही विवादले गर्दा परियोजनाको काममा ढिलाइ भएको थियो । पछि टुक्राटुक्रा गरेर ठेक्का र उस्तै गरी बजेट आएपछि यो सडक निर्माणले गति लिन नसकेको हो ।

सालझण्डी–ढोरपाटन सडक परियोजना कार्यालयकी प्रमुख इन्जिनियर अन्जु परियारले बजेटकै कारण निर्माण कार्यले गति लिन नसकेको बताउनुभयो । “अहिले परियोजना अन्तर्गत तीनवटा ठेक्काको काम भइरहेको छ । दुई वटा बहुवर्षे ठेक्का हुन्”–उहाँले भन्नुभयो ।

खुसार्नेदेखि कन्चन खोलासम्म १३ किलोमिटर र बाग्लुङको बुर्तिवाङ्गदेखि फल्लेघर सम्मको २२ किलोमिटर बहुवर्षे ठेक्का हुन् । बहुवर्षे ठेक्कामा जति काम ग¥यो, उति रकम लैजाने भएकाले परियोजनालाई दबाब दिन कठिन हुन्छ ।

यस्तै, खुसार्नेदेखि पटौटीसम्मको पनि ठेक्का लागेको छ । पुलको डिजाइन स्वीकृत भएपछि ठेक्काको चरणमा जाने बताइएको छ । यो सडक निर्माण भएपछि बागलुङको पश्चिमी क्षेत्र, गुल्मीको पश्चिम क्षेत्र र अर्घाखाँचीका बासिन्दालाई बुटवल आउजाउ गर्न सहज हुनेछ ।

यस्तै, प्यूठानको पूर्वी क्षेत्र र रुकुम पश्चिमका स्थानीयवासी पनि यस सडकबाट प्रत्यक्ष लाभान्वित हुने देखिन्छ । बुद्ध जन्मस्थल लुम्बिनीदेखि बागलुङको ढोरपाटनलाई जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माण भएपछि लुम्बिनी भ्रमणमा आउने पर्यटकहरू ढोरपाटनसम्म सहजै पुग्न सक्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज