Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सर्वदलिय बैठकद्धारा कपिलबस्तु विकास कोष गठन गर्न राजनितिक दल प्रतिबद्ध


सर्वदलिय बैठकद्धारा कपिलबस्तु विकास कोष गठन गर्न राजनितिक दल प्रतिबद्ध

तौलिहवा, चैत्र १८ गते । कपिलबस्तु पर्यटन विकास समितिद्धारा आवहन गरिएको सर्वदलिय बैठक कपिबस्तु नगरपालिकाको बैठक कक्षमा सम्पन्न भएको छ । कपिलबस्तु पर्यटन विकास समितिका अध्यक्ष एवम कपिलबस्तु विकास कोष सँभाब्यता अध्ययन प्रतिबेदन समितिका सँयोजक श्री हरिश चन्द्र खनालको अध्यक्षतामा विभिन्न राजतितिक दलका प्रमुख प्रतिनिधिहरु एवम कपिलबस्तु पर्यटन विकास समितिद्धारा गठित कपिलबस्तु विकास कोष सँभाब्यता अधययन प्रतिबेदन समितिका सदस्यहरुको उपस्थितिमा सर्वदलिय बैठक सम्पन्न भएको छ ।

सर्वदलिय बैठकबाट कपिलबस्तु विकास कोष गठन राजनितिक प्रतिबद्धता व्यक्त गरेकोमा आयोजक समितिको तर्फबाट अध्यक्ष हरिश चन्द्र खनालले राजनितिक दलका प्रतिनिधिलाई विशेष धन्यबाद व्यक्त गर्दै अध्यक्ष खनालले भने “ कपिलबस्तु विकास कोषका गठनका लागि गरिको राजनितिक प्रतिबद्धता कपिलबस्तु जिल्लाको सर्बाङ्गीण विकास र आर्थिक समृद्धीका लागि एक ऐतिहाँसिक दस्ताबेज हुनेछ ।” कपिलबस्तु पर्यटन विकास समितिद्धारा कपिलबस्तु विकास कोष गठनका लागि सँकल्प प्रस्ताव पारित गर्ने पुर्वनिर्धारित कार्यक्रम अन्र्तगत राखिएको दोस्रो सत्रको कार्यक्रममा उपस्थित राजनितिक दलका प्रमुख प्रतिनिधिहरुलाई खुला बहसका लागि समय उपलब्ध गरार्ईएको कार्यक्रम सञ्चालक बसन्त बन्जाडेले बताएका छन ।

कपिलबस्तु विकास कोष गठन सन्दर्भमा नेपाली काँग्रेसका जिल्ला प्रतिनिधि श्री खुर्सेद अहमद खानले आयोजक सँस्थालाई विशेष धन्यबाद समेत व्यक्त गर्दै उक्त कार्यमा नेपाली काँग्रेसको तर्फबाट पुर्ण समर्थन रहेको व्यक्त गर्दै राजनितिक प्रतिबद्धता व्यक्त गरेका छन । यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टिको तर्फबाट जिल्ला नेता शिव विष्टले कपिलबस्तु जिल्लाका पर्यटकिय सम्पदाहरुको विकासका लागि कपिलबस्तु पर्यटन विकास समितिद्धारा प्रस्तावित कपिलबस्तु विकास कोष गठनको पक्षमा रहेको बताउँदै आयोजकलाई अभियान सफलताको शुभकामना व्यक्त गर्दै पार्टीको तर्फबाट पूर्ण समर्थन रहेको बताउँदै आगामि दिनमा पार्टीको तर्फबाट गर्नपर्ने सम्पूर्ण सहयोग गर्ने बाचा गर्दै कपिलबस्तु विकास कोष गठन गर्न राजनितिक सहमति एवम प्रतिबद्धाता व्यक्त गरेका छन ।

राजनितिक प्रतिबद्धता व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)का जिल्ला प्रतिनिधि गिता के.सी.अन्जानले कपिलबस्तु पर्यटन विकास समितिले थालेको कार्यको प्रसँशा व्यक्त गर्दै कपिलबस्तु जिल्लाको धार्मिक,साँस्कृतिक,ऐतिहाँसिक ,पुरातात्विक एवम पर्यटकिय सम्पदाहरुको बृहत्तर विकासका लागी कपिलबस्तु पर्यटन विकास समितिद्धारा प्रस्तावित कपिललबस्तु विकास कोष गठन गर्न नेकपा(एकीकृत समाजबादी)को तर्फबाट पुर्ण समर्थन गर्दै राजनितिक प्रतिबद्धता व्यक्त गरेकी छिन । साथै जनता समाजबादी पार्टीका जिल्ला प्रतिनिधि सन्तोष कुमार पाण्डेयले सँभावनाले भरिपूर्ण कपिलबस्तु जिल्लाको विकास नभएको प्रति दःुख व्यक्त गर्दै आयोजक समितिले गरेको कार्यको प्रसँशा व्यक्त गर्दै कपिलबस्तु विकास कोष गठन गर्न पार्टीको तर्फबाट राजनितिक प्रतिबद्धता व्यक्त गर्ने बताए ।

यसै गरी जनमत पार्टीका जिल्ला प्रतिनिधि रियाज अहमदले कपिलबस्तु विकास कोष गठन नगरी कपिलबस्तुको विकास नहुने जिकिर गर्दै कपिलबस्तु विकास कोष गठन गर्ने प्रस्तावको पुर्ण समर्थन गर्दै पार्टीको तर्फबाट राजनितिक प्रतिबद्धता व्यक्त गरेका छन । यसैगरी नागरिक शक्ति नेपालका जिल्ला सँयोजक बसन्त पोख्रेलले कपिलबस्तु जिल्लाको दीगो विकास र आर्थिक समृद्धीका लागि प्रस्तावित कपिलबस्तु विकास कोष गठन गर्न पार्टीको तर्फबाट राजनितिक प्रतिबद्धता व्यक्त गर्दै आगामि दिनमा हातेमालो गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताए ।

लोकतान्त्रिक समाजबादी पार्टीका जिल्ला प्रतिनिधि रविन्द्र मिश्राको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा नेकपा (माओबादी केन्द्र)का अध्यक्ष विष्णु बेल्बासे, बैठकमा उपस्थिति जनाउन नपाए तापनि पार्टीको पुर्ण समर्थन रहेको बताएको अध्यक्ष खनालले बताएका छन ।

स्थानीय सरकारको तर्फबाट उपस्थित कपिलबस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले कपिलबस्तु विकास कोष अभियानको पुर्ण सफलताको कामना गदैै आगामि दिनमा पनि स्थानीय तह हातेमाले गरेर अगाढी बढ्ने प्रतिबद्धता व्यक्त गरका छन । कार्यक्रममा कपिलबस्तु विकास कोष सँभाब्यता अध्ययन प्रतिबेदन समितिका सदस्यहरु रविन्द्र ठाकुर,युवराज के.सी.चतुरभुज पाण्डेयको उपस्थिति रहेको थियो उक्त कार्यक्रमको सन्ञालन सँस्थाका सदस्य बसन्त बन्जाडेले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

सन्दर्भ गणतन्त्र दिवस : व्यावहारिक कार्यान्वयनको खाँचो

सन्दर्भ गणतन्त्र दिवस : व्यावहारिक कार्यान्वयनको खाँचो

विद्यालयका तह समायोजन गर्दै बैतडीका पालिकाहरु

छात्रबृत्तिको लोभमा सरकारी बिद्यालयमा भर्ना गरी पढाई भने बोडिङ स्कुलमा गर्ने

निर्देशक घिसिङले गर्नुभयो थानाभर्याङ सबस्टेसनको अनुगमन

निर्देशक घिसिङले गर्नुभयो थानाभर्याङ सबस्टेसनको अनुगमन

भर्खरै प्रकाशित

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

सन्दर्भ गणतन्त्र दिवस : व्यावहारिक कार्यान्वयनको खाँचो

सन्दर्भ गणतन्त्र दिवस : व्यावहारिक कार्यान्वयनको खाँचो

विद्यालयका तह समायोजन गर्दै बैतडीका पालिकाहरु

छात्रबृत्तिको लोभमा सरकारी बिद्यालयमा भर्ना गरी पढाई भने बोडिङ स्कुलमा गर्ने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि