बर्दिबास, चैत १९ गते । बर्दिबास ३ मा करिब तीन करोड लगानीमा ॐ समाज डेन्टल अस्पताल ले स्थापना गर्नु भएको हो । दन्त विशेषज्ञसहित १० जना डाक्टरले नियमित सेवा दिने लक्ष्य अस्पतालले राखेको छ ।
संस्थापक डेन्टल सर्जन डा. सुवास घिमिरेले अत्याधुनिक उपकरण ओपीजी एक्स-रे, प्याथोलोजी, दाँत बनाउने शाखा लगायतका सुविधा सहित अस्पतालले सेवा विस्तार गरेको बताउनुभयो । बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीले अस्पतालले स्थानीयको स्वास्थ्य हितमा रहने गरी सेवा प्रवाह गर्न अनुरोध गर्नुभयो । अस्पतालले गरिब, असहायहरूको उपचारमा योगदान पुग्ने उहाँले बताउनुभयो ।