Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पशुमा लम्पी स्किन रोगको सङ्क्रमण बढ्यो

Author Avatar साझा न्यूज 2nd April 2023 , 11:08 AM
पशुमा लम्पी स्किन रोगको सङ्क्रमण बढ्यो

पाल्पा, चैत १९ गते । जिल्लामा चौपायाहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । माथा गढी, तिनाउ तथा निस्दीमा किसानले पालेका पशुहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको हो ।

सबैभन्दा पहिले माथा गढी गाउँपालिकाको वडा नं. ५ को जगात र वडा नं. ६ को हात्तीलुङ् गण बाँस, दमार, माथालगायतका गाउँमा यो रोग फैलिएको हो । ती स्थानका अधिकांश गाई, भैँसी तथा गोरु र बाच्छा बाच्छीमा यो रोगको सङ्क्रमण फैलिएको पालिकाका पशु प्राविधिक विक्रम गरम्जाले जानकारी दिनुभयो । रोग फैलिएपछि ती स्थानमा किसानमा जनचेतना फैलाइने तथा आवश्यक सुझाव दिने कार्य भइरहेको गरम्जाले बताउनुभयो । हालसम्म माथागढीका पाँच-सात वटा गाउँमा लम्पी स्किन रोग फैलिए पनि पशुको मृत्यु भने नभएको पालिकाले जनाएको छ ।

लम्पी स्किन रोग पाल्पामा पहिलो पटक देखा परेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ । पशुमा लम्पी स्किन रोगको लक्षण देखापरेपछि परीक्षणका लागि काठमाडौँको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो । माथा गढीको नमुना परीक्षणमा लम्पी स्किनको भाइरस देखापरेको विज्ञ केन्द्र पाल्पाका निमित्त प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो ।

विगतका वर्षमा देशको अन्य जिल्लामा यो रोग देखा परेको थियो । पाल्पामा भने पहिलो पटक देखापरेको खनालले जानकारी दिनुभयो । नयाँ रोगका रूपमा फेला परेको यो रोग भाइरस मार्फत सर्छ । यसको औषधि र उपचार हालसम्म पत्ता नलागेको पशु प्राविधिक बताउँछन् । अन्य भाइरल रोगहरूमा जस्तै वैकल्पिक औषधिमार्फत उपचार गरिएको पशु सेवा प्राविधिक युवराज ज्ञवालीले जानकारी दिनुभएको छ । यो रोगको सङ्क्रमण फैलिएको गाई, गोरु, भैँसीको विभिन्न भागमा  गिर्खा आउने, उच्च ज्वरो आउने, पाक्ने, सुन्निने, उत्पादनमा कमी आउने जस्ता लक्षणहरू देखिने पशु चिकित्सक नवीन बस्यालले बताउनुभयो । यो रोग क्याप्रिपोक्स भाइरस तथा लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज