Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पोखरामा नगरबसको आतङ्क


पोखरामा नगरबसको आतङ्क

कास्की, चैत १९ गते  । पोखराको न्युरोडमा मिनी माइक्रोले स्कुटरलाई ठक्कर दिँदा शुक्रबार स्कुटर चालक पोखरा महानगरपालिका–८ का ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको थियो। चिप्लेढुङ्गाबाट आउँदै गरेको माइक्रोले सोही दिशाबाट आइरहेको उक्त स्कुटरलाई ठक्कर दिएको थियो। ग ५ प ९४ नम्बरको स्कुटरलाई ग १ ज ४५४० नम्बरको मिनी माइक्रोले ठक्कर दिँदा गम्भीर घाइते भएका थकालीलाई मणिपाल शिक्षण अस्पताल लगिएको थियो। प्रहरीका अनुसार माइक्रोले स्कुटर चालकलाई सडकमै घिसारेर ३३ मिटर तल पु-याएको हो।

त्यस्तै चैत ३ गते पोखरा चिप्लेढुङ्गामा नगरबसको ठक्करबाट स्कुटरमा सवार २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भयो। बस चालक सागर क्षेत्री प्रहरी नियन्त्रणमा छन्। माघ २६ गते पोखरा बसपार्क क्षेत्रमै एक अर्को बसले ठक्कर दिँदा २७ वर्षीया रेजिना आचार्यले ज्यान गुमाउन प-यो।

पछिल्लो समय पोखरामा नगरबसको ठक्करबाट भएका यी केवल नमुना घटनाहरू मात्र हुन्। नगरबस चालकको लापरबाहीले गर्दा दिनहुँजसो हुने यस्ता दुर्घटनाले स्कुटर चालकलाई त्रसित बनाएको छ। पोखरा महानगरले नगरबसमा यात्रु ओराल्ने, चढाउने निश्चित ठाउँ तोके पनि मनोमानी ढङ्गले तीव्र गतिमा कुदाउने र एकअर्कालाई उछिन्ने प्रतिस्पर्धाले सडक असुरक्षित बन्दै गएको पाइन्छ।

जिल्ला ट्राफिक कार्यालयका कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले एकले अर्कालाई उछिन्ने र तीव्र गतिमा सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेको बताउनुभयो। “पछिल्लो समय सवारी चालककै लापरबाहीका कारण दुर्घटना बढेको पाइएको छ। जसले गर्दा गम्भीर प्रकृतिका घटना हुने गरेका छन्,” उहाँले भन्नुभयो।

जिल्ला ट्राफिक प्रहरीका अनुसार पोखरामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ७८ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ३० जनाले ज्यान गुमाएको पाठकले जानकारी दिनुभयो। सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर रहेका छन्। गत आर्थिक वर्षको भन्दा यो पटक कम दुर्घटना भएको उहाँको भनाइ छ। “गत आर्थिक वर्षमा ९८ सवारी दुर्घटना भएकोमा ५५ जनाले ज्यान गुमाए,” उहाँले भन्नुभयो। पोखरामा पोखरा यातायात प्रालि, मामा यातायात प्रालि, विन्ध्यवासिनी यातायात प्रालि, लेखनाथ यातायात प्रालि, ट्याक्सी व्यवसायीलगायत नगरबस तथा माइक्रो चल्दै आएका छन्। पोखरामा सबैभन्दा धेरै नगरबस/माइक्रो पोखरा यातायात प्रालिले चलाउँदै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भयो : अर्थमन्त्री

सामाजिक सुरक्षा भत्ता यथावत्

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

सरकारको खर्च कटौती योजना : नयाँ गाडी नकिन्ने, थन्किएका गाडी लिलाम

स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो

दिवा खाजालाई ८ अर्ब ४५ करोड, ‘जङ्क फुड’ दिन नपाइने

दिवा खाजालाई ८ अर्ब ४५ करोड, ‘जङ्क फुड’ दिन नपाइने

भर्खरै प्रकाशित

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भयो : अर्थमन्त्री

सामाजिक सुरक्षा भत्ता यथावत्

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

सरकारको खर्च कटौती योजना : नयाँ गाडी नकिन्ने, थन्किएका गाडी लिलाम

स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि