Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा

Author Avatar साझा न्यूज 16th April 2023 , 2:42 PM
भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा

भक्तपुर, वैशाख ३ गते । नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले आठ रात र नौ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्का ।

जात्रा भक्तपुरका बासिन्दाले चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म बिस्काः जात्रा मनाउँदै आएका छन् । चैत २७ गते र वैशाख ५ गते भैरवको रथ तान्नु, चैत मसान्तको दिन ल्यासिंखेलमा लिङ्गो उठाउनु र वैशाख १ गते दिनभर जात्रा गरेर साँझ लिङ्गो ढाल्ने मुख्य जात्रा हुन् ।

सुरूमा बिस्केट जात्रा लिङ्गो उभ्याउने र ढाल्ने दिनमा मात्र मनाइन्थ्यो भने पछि मल्लकालमा यो जात्रा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोल टोलमा शक्तिशाली देवीदेवताको पूजा गर्दै मनाउने प्रचलन संस्कृतविद् ओम धौभडेल बताउनुहुन्छ ।

  भैरव भद्रकालीको रथ जुधाउने जात्रा    

भक्तपुरको प्रसिद्घ बिस्केट जात्राअन्तर्गत भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा पनि एक हो । धार्मिक तथा सांस्कृतिकरूपले अत्यन्त महत्वपूर्ण मानिने रथ जुधाउने जात्रा वैशाख १ गते लिङ्गो ढालेपछि भैरव र भद्रकालीको रथलाई गःहिटी ल्याएर जुधाएर मनाइन्छ । भैरवनाथ र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो जात्रालाई स्थानीय भाषामा द्योः ल्वाकिगु भनिन्छ ।

जात्रामा रथ जुधाउनुअधि बेताल देवतालाई गंहिटीमा ल्याएपछि झ्यालबाट कुखुराको बलि चढाएर रथ जुधाउने परम्परा छ । भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गर्ने परम्परा रहेको धौभडेल बताउनु हुन्छ ।

  बाराही जात्रा     

शक्तिकी देवी अष्टमातृकामध्येकै देवी बाराही तिसा जात्रा बिस्केट जात्राकै अवसरमा मनाइने जात्रा हो । चैत मसान्तको दिन लिङ्गो उभ्याएपछि तेखाचो टोलस्थित द्योः छे अर्थात देवघरमा रहेको बाराहीको मूर्तिलाई प्यागोडा शैलीमा निर्माण गरी सजाइएको खटमा राखेर जात्रा मनाउने गरिन्छ । वंशगोपालको बाराही द्यौः छेदेखि सुरु हुने बाराही खटजात्रा सूर्यविनायकलैजाने प्रचलन छ ।

जात्रा मनाउँदा यहाँका घरघरबाट हातमा सुकुन्दा तथा चिराग बालेर जात्रासँगै जाने गर्दछन् । खटलाई बाराही मन्दिरमा राखेर पूजा गरिन्छ । भोलिपल्ट लिङ्गो ढालेपछि खटलाई टोलटोलमा लगेर पूजा गरी पुन द्योः छे मै ल्याएर विराजमान गराई जात्रा मनाउने गरिन्छ ।

 ईन्द्रायणी देवीको त्वारिवा जात्रा     

अष्टमातृकामध्येकै ईन्द्रयणी देवीको जात्रा पनि यहाँ मनाइन्छ । बिस्केट जात्रामा ईन्द्रायणी देवीको खटलाई सिंगारेर ईन्द्रायणी द्यो ः छेबाट देवीको मूर्तिीलाई खटमा राखेर दाफा भजनले गुन्जायमान गर्दै टोलटोलमा परिक्रमा गराएर जात्रा मनाइन्छ । जात्रामा स्थानीयवासीले घरघरबाट पूजाका सामग्री ल्याएर पूजा गर्ने गर्दछन् ।

 महाकाली, महालक्ष्मीको जात्रा     

बिस्केट जात्राकै अवसरमा वैशाख २ गते महाकाली, महालक्ष्मी जात्रा भक्तपुरमा हर्षोल्लासका साथ मनाउने गरिन्छ । भोलाछेंस्थित महाकालीको द्योः छेमा सिंगारिएको विमान आकारको खटमा महाकालीको मूर्तिलाई विराजमान गराई जात्रा सुरु हुने गर्दछ । त्यस्तै महालक्ष्मी द्योः छेबाट पनि विमान आकारकै सिंगारिएको खटमा महालक्ष्मीको मूिर्तलाई विराजमान जात्रा सुरु गरिन्छ । यो जात्रा सञ्चालन गर्दा एकातिरकाले पहेँलो र अर्को तर्फकाले रातो टोपी लगाउने प्रचलन छ । जात्रा सञ्चालन गर्दा बीचमा यो दुबै रथ एकैस्थानमा भेट भएपछि रथलाई जुधाएर जात्रा मनाउने प्रचलन रहेको छ ।

ब्रह्मायणी महेश्वरी जात्रा     

वैशाख ३ गते बिस्केट जात्राकै अवसरमा अष्टमातृकामध्येको शक्तिदेवी ब्रम्हायणी, महेश्वरी जात्रा भक्तपुरको सूर्यमढीस्थित द्योः छेबाट ब्रम्हायणीको मूर्तिीलाई खटमा राखेर खट जात्रा सुरु हुनेगर्दछ । त्यसैगरी इनाचोमा रहेको महेश्वरी द्योः छेबाट महेश्वरीको मूर्तिलाईलाई पनि सिंगारिएको खटमा राखेर जात्रा सुरु गरिन्छ । जात्रा सुरु हुँदा दबै तर्फका जात्रालुले हातहातमा चिराग लिएर खटजात्रा गरेर जात्रा मनाउने गर्दछन् । जब दुबै दत्तात्रय आइपुगेपछि दुबै रथ जुधाउने र प्रसाद तथा चिराग समेत साटासाट गरेर जात्रा मनाउने गरिन्छ ।

बटुक भैरव, ज्याठा गणेश जात्रा     

बिस्केट जात्राकै अवसरमा भक्तपुरको बुलुचा टोलको बटुक भैरव र कुमाले टोलको ज्याठा गणेश जात्रा मनाउने गरिन्छ । आ–आफ्नो टोलमा सिंगारिएको खटमा देवतालाई विराजमान गराई जात्रा सुरु गरिन्छ । जात्रा मनाउने क्रममा यी दुवै खट जहाँ भेटिन्छ, त्यही खट जुधाइन्छ । यो जात्रा टोलटोलमा सञ्चालन गर्ने गरिन्छ ।

छुमा गणेश जात्रा     

भक्तपुरकै चोंछे टोलबाट छुमा गणेश जात्रा वैशाख ४ गते मनाउने गरिन्छ । द्योः छेबाट छुमा गणेशको मूर्तिलाई खटमा रोखर चोछें टोलमा घुमाइन्छ । यहाँका बासिन्दाले पूजा गरी प्रसाद चढाएर जात्रा मनाउने गर्दछन् ।

सगुन जात्रा अर्थात द्यः सँग पूजा : यो जात्रालाई महत्वपूर्ण जात्राको रुपमा चिनिन्छ । यो जात्रालाई स्वङ्ग पूजाको रुपमा पनि चिनिन्छ । यो जात्रा भक्तपुरका सबै शक्ति पिठ तथा जात्रा सञ्चालनमा रहेको देवीदेवतालाई आ–आफ्नो द्यो छेंबाट बाहिर निकालेर द्योः छें प्राङ्गन, पाटी, सत्तलमा राखिन्छ । त्यसपछि घरघरबाट पूजा गरेर विभिन्न परिकार तथा सगुन चढाएर यो जात्रा मनाइन्छ ।

 अन्तिम रथ तान्ने जात्रा    

वैशाख ५ गते जात्राको अन्तिम दिन गःहिटीमा रहेको भैरवको रथलाई तानेर जात्रा मनाउने गरिन्छ । त्यसदिन रथलाई तानेर टौमढीमा पुराएपछि  भैरवको मूर्तिलाई झिकेर देवघरमा लगेर विराजमान गराएसँगै बिस्केट जात्राका सबै जात्रा सम्पन्न हुने प्रचलन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज