मायादेवीले बोधीसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतीकको रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ ।
सिद्धार्थ गौतमलाई बुद्वपूर्णिमाको अर्को दिन लुम्बिनीबाट गसहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यही दिनको प्रतिकका रूपमा आज लुम्बिनीबाट बोधीसत्व सिद्धार्थलाई तिलौराकोट दरबार लगिएको लुम्बिनी विकास कोषले जनाएको छ ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्यले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शङ्कर हरि आचार्यलाई शिशु बुद्ध (बोधीसत्व सिद्धार्थ) को धातुको मूर्ति हस्तान्तरण गरी प्राचीन तिलौराकोट दरबार पठाइएको हो ।
बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्धलाई गृहनगर तिलौराकोट फर्कदाको क्षणलाई स्मरण गरी बोधीसत्व बुद्धको मूर्तिको शोभा यात्रा गरिएको कोषका सदस्य सचिव सानु राजा शाक्यले बताए ।