Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नदीजन्य पदार्थ अवैध उत्खनन् गर्ने उपकरण नियन्त्रणमा

Author Avatar साझा न्यूज 8th May 2023 , 1:01 PM
नदीजन्य पदार्थ अवैध उत्खनन् गर्ने उपकरण नियन्त्रणमा

कावासोती, वैशाख २५ गते । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन् कार्यमा प्रयोग भएका उपकरणहरू नियन्त्रणमा लिएको छ ।

निर्माणाधीन अरुणखोला–मित्याल–रामपुर सडक खण्डमा निर्माण कम्पनीले अवैध रूपमा क्रसर उद्योग सञ्चालन र खोला उत्खनन् गरेको पाएपछि नगरपालिकाले उपकरणहरू नियन्त्रणमा लिएको नगर प्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।

सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा निर्माणाधीन उक्त सडक खण्डको राईकोटमा निर्माण कम्पनी रवण रोजन जेवि चितवनले मोबाइल क्रसर स्थापना गरेको छ ।

क्रसर स्थापना पूर्व कुनै अनुमति नलिएको उक्त ठेक्केदार कम्पनीले स्थानीय खोलाबाट ठूलो परिमाणमा नदीजन्य पदार्थको अवैध उत्खनन् गरेको अनुगमनको क्रममा भेटिएको नगर उपप्रमुख पूर्णकला चौधरीले बताउनुभयो ।

उहाँका अनुसार यस अघि समेत निर्माण कम्पनीका उपकरणहरूले अवैध उत्खनन् गरेको भेटेपछि नगरपालिकाले निर्माण कम्पनीलाई नियमानुसारको राजश्व दाखिला अनुरोध गरेको थियो ।

पटकपटक नगरपालिकाले गरेको अनुरोधलाई बेवास्ता गर्दै निर्माण कम्पनीले अवैध रूपमा क्रसर समेत सञ्चालन थालेपछि नगरपालिकाले अवैध उत्खनन्मा संलग्न दुई वटा एक्स्काभेटर, दुई वटा जेसिभि र एक वटा ट्र्याक्टर नियन्त्रणमा लिएको अनुगमन समितिका सदस्य एवम् मध्यविन्दु १० का वडा अध्यक्ष रणबहादुर थापाले बताउनुभयो ।

निर्माण कम्पनीले सडक निर्माणको क्रममा आवश्यक ग्राभेल, ढुङ्गालगायतको सामग्रीहरू स्थानीय खोलाबाट नै अवैध रूपमा उत्खनन् गर्दै आएको अनुगमन समितिका सदस्यहरूले बताएका छन् ।

निर्माण कम्पनीले राईकोट भन्दा केही उत्तरतर्फ पाल्पाको निस्दी गाउँपालिका जोड्ने जलुके पुल निर्माणस्थल नजिकै सिमेन्टबाट ब्लगहरू उत्पादन गरेर चितवनसम्म निकासी गरेको पाइएको अनुगमन टोली सदस्य नगरपालिकाका अधिकृत विकास नरसिंह राणाले बताउनुभयो ।

मध्यविन्दु नगरपालिकाको अरुणखोलाबाट बतासा हुँदै पाल्पाको मित्याल, रामपुर जोड्ने उक्त सडक राष्ट्रिय सडक अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय नवलपरासी पूर्वका निमित्त कार्यालय प्रमुख रवीन्द्र तिवारीले बताउनुभयो ।

यस वर्ष असारसम्म करिब ८ किलोमिटर सडक कालोपत्रे निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको उहाँले बताउनुभयो । सडक निर्माणको क्रममा ठेक्केदार कम्पनीबाट कुनै कमजोरी भएको भए सो सम्बन्धमा आवश्यक समन्वय गरेर निर्माण कार्यलाई तीव्र बनाउने उहाँले बताउनुभयो ।

निर्माणाधीन सडक सम्पन्न भएपछि अरुणखोलाबाट पाल्पाको रामपुरसहित पूर्वी पाल्पा र मध्यविन्दु नगरपालिकाको वडा नं. १४ हुप्सेकोट गाउँपालिकाको वडा नं. ६ लगायत क्षेत्रका स्थानीयहरूको आवतजावत सहज हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

सगरमाथामा झुल्क्यो घाम

सगरमाथामा झुल्क्यो घाम

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

सगरमाथामा झुल्क्यो घाम

सगरमाथामा झुल्क्यो घाम

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

एसियाली खेलकुद अन्तर्गत ८ सय मिटर दौडमा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान

एसियाली खेलकुद अन्तर्गत ८ सय मिटर दौडमा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज