काठमाडौँ, वैशाख २८ गते । वरिष्ठ गीतकार तथा पूर्व सैनिक बलबहादुर परियारको क्यान्सरको उपचार गर्न परिवारले आर्थिक सहयोगको गर्न अपिल गरेका छन् ।
ओखलढुङ्गामा जन्मनु भएका परियारको मलद्वारको क्यान्सरको उपचार गर्न उहाँकी श्रीमती विना परियारले आर्थिक सहयोगको अपिल गर्नुभएको हो । उहाँकी श्रीमती विना परिवारका अनुसार परियार भारतका राजिवगान्धी अस्पतालमा एक महिनादेखि मलद्वार क्यान्सरको उपचार गराउँदै आउनु भएको छ ।
जटिल खालको क्यान्सर भएकाले यसको उपचार खर्च जुटाउन गाह्रो भएको श्रीमती विना बताउनुहुन्छ । आफ्नो घर खेत बेच्दा पनि उपचार गर्न नपुग्ने भएपछि आर्थिक सहयोग गर्न अपिल गर्नुपरेको विनाको तर्क छ ।
हाल उपचार खर्च मंहगो भएकाले उपचार गर्दा गर्दै उपचार खर्च जुटाउन गाह्रो भएकाले आफन्तसँग पैसा सापटी गरेर उपचार खर्च जुटाउन बाध्ये भएको उहाँकी श्रीमती विनाको दाबी छ । “उहाँ निकै दयालु स्वभावका हुनुहुथ्यो । घर खर्च गर्न राखेको पैसा पनि अरूलाई दुख पर्दा हामीले भोलि खाउँला भनेर सहयोग गर्ने गरेको विना बताउनुहुन्छ । त्यस्तो मान्छेलाई पनि यस्तो घातक रोग लाग्दो रहेछ । अहिले आफैलाई उपचार गर्ने पैसा छैन ।” श्रीमानको हेरचार मा देवरको छोरासँग छोडेर आफू पैसाको जोहो गर्न नेपाल आएको उहाँको भनाई छ ।
आर्थिक सहयोग गर्ने इच्छुक महानुभावलाई आर्थिक सहयोग गर्न उहाँकी श्रीमतीले अपिल गर्नुभयो । बल बहादुर परियार ओखलढुङ्गा एभ्रेष्ट बैक खाता न. ००१००५१६२०३२४२ मा सहयोग गर्न आग्रह गर्नुभयो ।
पायल्सको उपचार गर्दा एक वर्ष बित्यो
एक वर्ष अगाडी दिसा बस्न गाह्रो हुने, दिसामा रगत देखिने , छटपटी हुने जस्ता समस्या देखिएपछि उहाँ आयुर्वेदिक अस्पतालमा जानुभयो । चिकित्सकले पायल्स शङ्का गर्दै पायल्सको औषधि दिएर पठाएर । उहाँहरूले पनि चिकित्सकको सल्लाह अनुसार औषधि खानुभयो । समस्या घट्दै जानुको सट्टा समस्या झन् झन् बढ्दै गएपछि उहाँहरू काठमाडौँ उपत्यका विभिन्न अस्पतालमा उपचारको लागि धाउनुभयो । जुन अस्पतालमा गएपछि चिकित्सकले पायल्स नै भएको भन्दै औषधि दिएर पठाएको विनाले जानकारी दिनुभयो । तर पनि परियारको समस्या घट्नुको साटो बढ्दै गयो ।
दिसामा कहिलेकाहीँ देखिने रगत दैनिक जस्तो देखिन थाल्यो । त्यसका अलावा वान्ता हुने, दिसा बस्दा दुखाई पनि बढ्दै गयो, छठपट्टि जस्ता लक्षण बढ्न थालेपछि पुन चिकित्सकलाई देखाउँदा क्यान्सरका आशंक गर्दै उक्त चिकित्सकले भक्तपुर क्यान्सर अस्पतालमा जान सिफारिस गरे । भक्तपुर क्यान्सर अस्पतालमा वायप्सी गर्दा मलद्वार को तेस्रो स्टेजको क्यान्सर पुष्टि भएको उहाँकी श्रीमती बताउनुहुन्छ ।
विभिन्न अस्पतालमा बसेर पायल्सको उपचार खर्च तीन लाखभन्दा बढी पैसा खर्च भएको उहाँकी श्रीमतीको दाबी छ । उहाँलाई मलद्वारमा ट्युमर पलाएपछि भक्तपुर क्यान्सर अस्पतालमा वायप्सी गर्दा क्यान्सर पुष्टि भएको श्रीमती विनाले जानकारी दिनुभयो ।
श्रीमती विनाका अनुसार उहाँलाई तेस्रो स्टेजको मलद्वार को क्यान्सर पुष्टि भएपछि चिकित्सकले जटिल खालको क्यान्सर भएकाले चिकित्सकले अन्य अस्पतालमा सिफारिस गरेको हो । विनाका अनुसार परियारको क्रमबद्ध रूपमा उपचार चलिरहेको छ । उहाँ भन्नुहुन्छ, “उहाँको क्रमबद्ध रूपमा उपचार चलिरहेको छ । रेडियो थेरापी दिइरहेको छ । अहिले किमो थेरापी १४- १४ दिनमा चलिरहेको छ ।” चिकित्सकले उपचार गरेर निको हुन्छ भनेपछि अंश पलाएको उहाँ बताउनुहुन्छ ।
नेपाल सरकारले क्यान्सरका बिरामीलाई एक लाख बराबरको उपचार खर्चा प्रदान गर्दै आए पनि आफूलाई तर राहत कसरी लिने भन्ने कुरा थाहा नभएको उहाँ बताउनुहुन्छ । २०४१ सालबाट उहाँले आफ्नो सागितिक यात्रा सुरु गर्नुभएका उहाँले १५० भन्दा बढी गीत रेकर्ड गराई सक्नुभएको छ । उहाँ पूर्व सैनिक पनि हुनुहुन्छ ।