Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गण्डकीमा मन्त्रालयको कार्य विभाजन हेरफेर हुने


गण्डकीमा मन्त्रालयको कार्य विभाजन हेरफेर हुने

गण्डकी, वैशाख २८ गते । गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरफेर हुने भएको छ । मन्त्रालयको सङ्ख्या भने सातभन्दा नबढ्ने प्रदेश सरकारले प्रष्ट पारेको छ ।

अघिल्लो सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा झारेको थियो । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय घटाउँदा कार्य विभाजन नमिलेको देखिएकाले केही परिमार्जन गर्न लागिएको बताउनुभयो ।

“मन्त्रालयको सङ्ख्या सात नै रहन्छ, बढ्दैन, तर नयाँ कार्य विभाजन हुन्छ”, उहाँले भन्नुभयो, “आज कार्य विभाजन टुङ्गिन्छ, त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।”

मुख्यमन्त्री पाण्डेले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति भइसकेकाले अब मन्त्री छान्न र मर्यादाक्रम मात्र तोक्न बाँकी रहेको बताउनुभयो । “अहिलेलाई माओवादी केन्द्रले दुई मन्त्रालय लिने सहमति भएको छ, एकीकृत समाजवादीलाई पनि मिलाएर लैजानुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । मुख्यमन्त्री पाण्डेले एक÷दुई दिनभित्रमै सरकारले पूर्णता पाउने बताउनुभयो ।

यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पाण्डेले वैशाख २१ गते प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको थियो । साठी सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एकीकृत समाजवादी) का एक गरी ३५ प्रदेशसभा सदस्यले उहाँलाई विश्वासको मत दिनुभएको थियो ।

हाल मन्त्रिपरिषद्मा मुख्यमन्त्री पाण्डेसहित बिना विभागीय मन्त्रीका रूपमा माओवादी केन्द्रका सुशीला सिम्खडा र कांग्रेसकी सरस्वती अर्याल तिवारी रहनुभएको छ । सत्तारुढ दलहरू नयाँ मन्त्री छान्ने कार्यमा जुटेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिन्धुलीमा सर्पले डसेर सँगै सुतेका दाजुभाइको मृत्यु

सिन्धुलीमा सर्पले डसेर सँगै सुतेका दाजुभाइको मृत्यु

‘अनुपयुक्त व्यवहार’ गरेपछि जापानका प्रधानमन्त्रीद्वारा निजी सचिव रहेका छोरा बर्खास्त

‘अनुपयुक्त व्यवहार’ गरेपछि जापानका प्रधानमन्त्रीद्वारा निजी सचिव रहेका छोरा बर्खास्त

सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, फैसला छिटो गर्नुपर्ने माग

सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, फैसला छिटो गर्नुपर्ने माग

पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ जना घाइते

पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ जना घाइते

संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु

संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

भर्खरै प्रकाशित

सिन्धुलीमा सर्पले डसेर सँगै सुतेका दाजुभाइको मृत्यु

सिन्धुलीमा सर्पले डसेर सँगै सुतेका दाजुभाइको मृत्यु

‘अनुपयुक्त व्यवहार’ गरेपछि जापानका प्रधानमन्त्रीद्वारा निजी सचिव रहेका छोरा बर्खास्त

‘अनुपयुक्त व्यवहार’ गरेपछि जापानका प्रधानमन्त्रीद्वारा निजी सचिव रहेका छोरा बर्खास्त

सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, फैसला छिटो गर्नुपर्ने माग

सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, फैसला छिटो गर्नुपर्ने माग

पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ जना घाइते

पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ जना घाइते

संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु

संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि