Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाख्राको दूधबाट चीज उत्पादन

Author Avatar साझा न्यूज 11th May 2023 , 11:36 AM
बाख्राको दूधबाट चीज उत्पादन

वालिङ । स्याङ्जाको भीरकोट–८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थालेका छन् । १० वर्षअघि ‘जुना बाख्रा पालन फार्म’ दर्ता गरी सानन जातका बाख्रा पाल्न थालेका उनले दुई सातादेखि चीज उत्पादन सुरु गरेका हुन् ।

गुरुङले दैनिक पाँच लिटर दूधबाट चीज बनाउँदै आएका छन् । उनको फार्ममा २७ माउ तथा २३ पाठापाठी गरी हाल ५० बाख्रा रहेका छन् । सत्ताइस माउमध्ये अहिले १० वटाले दूध दिन्छन् ।

भैँसी तथा गाईको दूधबाट चीज बनाइरहेका बेला गुरुङले स्याङ्जामा नै पहिलो पटक बाख्राको दूधबाट चीज उत्पादन थालेका हुन् । स्थानीय खरीको माउ र विदेशी सानन जातको बोकाबीचमा क्रस गराइएको छ । दूध उत्पादन गर्ने, उत्पादित दूधबाट चीज र साबुन बनाउने उनको लक्ष्य छ ।

‘ठूला होटलमा बाख्राको दूधबाट बनेको चीजको माग बढी हुने भएकाले उत्पादन थालेको हुँ’, उनले भने, ‘भर्खरै उत्पादन थालेको छु, अहिले उत्पादन भएको बिक्री भइरहेको छ, उत्पादन वृद्धि गरे बजारको खोजी गर्नुपर्ने हुन्छ ।’

बाख्राको दूधबाट चीज बनाउनेसम्बन्धी सीप गुरुङले तनहुँको बन्दीपुरमा सिकेका हुन् । दुई वर्षअघि चीज बनाउने सीप सिकेपश्चात् घरमै प्रयोगात्मक परीक्षण गरेर व्यावसायिक उत्पादन थालेको उनले बताउछन् । ‘अहिले उत्पादन भएको चीज स्थानीयस्तरमै प्रतिकिलो दुई हजारका दरले बिक्री भइरहेको छ’, गुरुङले भने,’अब यसलाई गुणस्तर, प्याकेजिङ र ब्राण्डिङ गरी बजार पठाउने तयारीमा छु ।”

भारतमा रेडियो र टेलिभिजन मर्मत तथा वायरिङसम्बन्धी तालिम लिई काम गर्दै आएका गुरुङले स्वदेशमै फरक ढङ्गको व्यवसाय थाल्ने लक्ष्यसहित घर फर्के । बाख्रापालनसम्बन्धी तालिम लिएका गुरुङ भन्छन्, ‘मासु तथा पाठापाठी खरिद बिक्री त सबैले गर्छन्, अरूले भन्दा फरक खालको व्यवसाय गर्ने हुटहुटीले दुधालु सानन जातका बाख्रा पालन गर्ने निचोडमा पुगेको हुँ, अहिले राम्रै गरेछु भन्ने लागेको छ ।’

गुरुङले २०७० सालमा १२ बाख्राबाट व्यवसाय थालेका थिए । बाख्रा खरिद र खोर निर्माणमा रु तीन लाख ५० हजार लगानी गरी व्यवसाय थालेका गुरुङ अहिले यो व्यवसायबाट सन्तुष्ट छन् ।

नमूना बाख्रा गाउँ अभियानका अभियन्ता सुशील अर्यालले चीजको माग पछिल्लो समय बढ्दै गएकाले उत्पादनलाई गुणस्तरयुक्त बनाउनुका साथै वृद्धि गर्नुपर्ने सुझाव दिए । ‘बाख्राको दूधबाट उत्पादित चीजको बजार मूल्य राम्रो रहेको छ’, उनले भने, ‘गुणस्तरयुक्त उत्पादन गर्न सके बजारको समस्या हुँदैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

भर्खरै प्रकाशित

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज