Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बजेट नभएपछि प्रहरी भवन अलपत्र

Author Avatar साझा न्यूज 12th May 2023 , 2:19 PM
बजेट नभएपछि प्रहरी भवन अलपत्र

हुम्ला, वैशाख २९ गते । निर्माणाधीन दुई वटा प्रहरी चौकीका भवन अलपत्र अवस्थामा छन् । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट भवन निर्माणका लागि थप बजेटको व्यवस्था हुन नसक्दा भवन अधुरै छ ।

नाम्खा गाउँपालिका–५ को हिल्सा प्रहरी चौकी भवनको निर्माण जिम्मा पाएको धुलिखेल निसान भेजीका प्रतिनिधि अखिल बुढाले प्रदेश सरकारले भवनको सम्झौता अनुसारको बजेटको व्यवस्था नभएपछि निर्माण भइरहेको भवन पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको बताउनुभयो । सो भवन प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष ०७४।०७५ मा बोलपत्र अह्वान गरेर निर्माण कम्पनी छनौट गरेर दुई करोड ३६ लाख २९ हजार ५३१ दशमलव ८४ रुपियाँमा सम्झौता गरेको थियो ।

सम्झौतापछि जिल्ला प्रहरी कार्यालय हुम्लामा आएको निकासा रकममध्ये ४१ लाख ८२ हजार १०९ रुपियाँ निर्माण कम्पनीलाई पेश्कीसमेत गएको थियो । उहाँले आर्थिक वर्षको अन्तमा प्रहरी प्रदेश सरकार मातहतमा नआएको भन्दै बाँकी बजेटको व्यवस्था गर्न नसकिने जानकारी दिएपछि काम अधुरी छोड्नुपरेको बताउनुभयो । बजेटको व्यवस्था भएकोभए उतिबेलै भवन सम्पन्न गरेर प्रहरी चौकीलाई बुुझाईसक्ने बताउँदै बुढाले सम्झौता अनुसारको बजेटको व्यवस्था नभएपछि पुनरावेदन अदालत जुम्लामा मुद्धासमेत हालेको बताउनुभयो ।

अदालतले सो मुद्धामाथि सुनुवाई गर्दै सम्झौता अनुसारको काम अगाडी बढाउनका लागि बजेटको व्यवस्था गर्न आदेश दिएको भएपनि हालसम्म बजेटको व्यवस्था हुन सकेको छैन । हिल्सा प्रहरी चौकीको नयाँ बन्नुपर्ने भवनको डिपिसी गरेर पिलर हाल्ने र गाह्रो लगाउने कार्य चार वर्ष अगाडी नै भएको थियो । भवन निर्माणको काम गरे अनुसार उहाँले आफूले ५५ लाखको बील प्रहरी कार्यालयमा बुझाएको भएपनि भुक्तानी नपाएको बताउनुभयो ।

त्यसैगरि, मैला कवाडी प्रहरी चौकीको भवनको अवस्था पनि त्यस्तै रहेको छ । सो भवन निर्माणको जिम्मा पाए अनुसार क्याराभान सुपरस्टार जेभीले तीन करोड नौ लाख ८० हजार ३५ दशमलव रुपियाँमा सम्झौता गरेको थियो । सो जेभीले पनि ५४ लाख ८२ हजार ५९६ रुपियाँ पेश्की लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

यस्तै, मैला कवाडी प्रहरी भवनको पनि डिपिसीको सम्पन्न भएर पिलर लगाउने र एक तलाको ढलान गर्ने कार्य भएपछि भवन अधुरै रहँदै आएको छ । सो जेभीका प्रतिनिधि तारा शाही सर्वोच्च अदालतमा पुुगेको भएपनि मुद्धाको टुङ्गो लागि सकेको छैन । भवन निर्माणका लागि पहिलो वर्ष प्रदेश सरकारबाट तीन करोड पचास लाख बजेट निकासा आएको थियो । दुवै निर्माण कम्पनीलाई पेश्की गएको बाहेक बाँकी रकम भने फ्रिज गएको थियो । ती दुवै स्थानका प्रहरी चौकी भवन अधुरा र अलपत्र अवस्थामा रहेका छन् भने प्रहरी भाडाका घरमा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

भर्खरै प्रकाशित

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज